काठमाडौंः कुशे औंसीको अवसरमा गोकर्णेश्वरस्थित महादेव मन्दिर परिसरमा पितृ तर्पण गर्न भक्तजनहरुको भीड लागेको छ । प्रत्येक वर्ष भाद्रकृष्ण औंसीका दिन गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत पितृका नाममा जलदान, सिदादान र पिण्डदान गर्न लाखौं भक्तजन आउने गर्छन् ।

भाद्रकृष्ण औंसीका दिन यहाँ आएर जलदान, सिदादान र पिण्डदान गरेमा २१ कुलसम्मका पितृ तर्छन् भन्ने धार्मिक विश्वास छ ।कुशे औंसीलाई बुबाको मुख हेर्ने दिनका रुपमा समेत मनाइँदै आइएको हुँदा यहाँ झिसमिसेदेखि नै दर्शनार्थीहरुको भीड लागेको छ । बुबा नहुनेहरु आजको दिन गोकर्णेश्वर महादेवको मन्दिरमा जम्मा भएर पिण्ड दिने चलन रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया