कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

काठमाण्डौंका पाँच वटा सहकारी एकआपसमा गाभिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः बैंक तथा बीमा कम्पनीहरूलाई एक आपसमा गाभ्ने गाभिने प्रक्रियालाई प्रोत्साहन गरेसँगै काठमाडौँका विभिन्न स्थानमा रहेर सञ्चालित पाँच वटा सहकारीहरू पनि एकआपसमा गाभिने भएका छन् ।

काठमाडौँमा कार्यक्षेत्र रहेको आइडल यमुना बहूद्देश्यीय सहकारी, नेशनल नमोवुद्ध बचत तथा ऋण सहकारी, नागरिक कल्याण बहूद्देश्यीय सहकारी, सत्कार बचत तथा ऋण सहकारी र घेदुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड एक आपसमा गाभिने सम्झौता भएको छ ।

गाभिएपछि बन्ने संस्थाको कारोबार झण्डै नौ अर्ब पुग्ने भएको छ भने बचत चार अर्ब ६३ करोड ७० लाख हुनेछ । त्यसै गरी ऋण तथा लगानी चार अर्ब ९९ करोड ४५ लाख ३९ हजार र कुल सम्पत्ति सात अर्ब ५८ करोड एक लाख ७५ हजार पुग्ने जनाइएको छ ।

गाभिएपछिको सहकारीको नाम ‘नेशनल आइडल यमुना बचत तथा ऋण सहकारी संस्था लि.’ रहने अध्यक्ष ज्ञानबहादुर तामाङले जानकारी दिनुभयो ।

पाँच सहकारी गाभिएपछि सहकारी संस्थाको शेयर पुँजी ३० करोड ८१ लाख २२ हजार ५०० पुग्ने, सदस्य सङ्ख्या ३५ हजार २० पुग्ने र र ऋणी सदस्य सङ्ख्या छ हजार ८५८ जना पुग्ने भएको छ । पाँच सहकारी एक भएपछि संस्थाको जगेडा कोष रु १४ करोड ६६ लाख ८९ हजार नौ सय ८२ हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार