वैशाख १६, २०८१ आइतबार April 28, 2024

पिपुल्स पावरको सेयर बाँडफाँट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पिपुल्स पावर कम्पनीको साधारण सेयर आज बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले आइतबार दिउँसो २ बजे आईपीओ बाँडफाँट गरेको हो ।

आईपीओमा मागभन्दा ७.९३ गुणा बढी  १५ लाख ५१ हजार ४१३ वटा आवेदन परेको थियो । मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथा प्रणालीबाट २ लाख २९ हजार ४६८ जनालाई १० कित्ताका दरले आईपीओ बाँडफाँड गरिएको थियो।

यसमध्येबाट २ जनाले भने प्रतिव्यक्ति ११ कित्ताका दरले आईपीओ पाएका छन् । कम्पनीले साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म २४ लाख ६७ हजार ४०० कित्ता सेयर बिक्री खुलाएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया