कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

नेप्से परिसूचकमा सामान्य सुधार – ७ उपसमूहको परिसूचक सकारात्मक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः मंगलबार शेयर बजार मापक नेप्से परिसूचक सामान्य सुधार भएको छ ।

मंगलबार नेप्से परिसूचक २.३३ अंकले बढेर १९९५.३४ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.४९ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०३ अंकले घटेको छ ।

मंगलबार कारोबारमा आएका २२६ कम्पनीको २९ लाख १४ हजार ५०५ कित्ता शेयर १ अर्ब १ करोड ९५ लाख १६ हजार ६९६ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबारको भन्दा कारोबार रकममा गिरावट आएको छ । सोमबार १ अर्ब २६ करोड ६६ लाख १९ हजार रुपैयाँ  कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूह मध्ये ६ वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ भने ७ उपसमूहको परिसूचक सकारात्मक रहेको छ । जसमा विकास बैंक ६.२३, उत्पादन तथा प्रशोधन ११.३७, अन्य समूहको ३३.८२, माइक्रोफाइनान्स समूहको उपसूचक ३.६३ अंकले बढेको छ । तर, बैंकिङ समूहको ०.७६, जलविद्युत १८.०९, वित्त कम्पनी १४.९५, निर्जीवन बीमा ६.३७, जीवन बीमा समूहको उपसूचक २.३६ अंकले घटेको छ ।

मंगलबार हिमालय एभरेष्ट इन्स्योरेन्सको शेयर कारोबार सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । अपर हेवाखोला जलविद्युत कम्पनीको ८.४५ प्रतिशतले बढेको छ । तर, यता विन नेपाल लद्युवित्तको शेयर मूल्य ४.७७ प्रतिशतले घटेको छ । आज नेपाल टेलिकमले ९५ करोड ७७ लाख २५ हजार बराबरको कोरोबार भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार