कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

भैरहवा सेजका सबै प्लटमा उद्योग स्थापना गर्ने सम्झौता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः देशमन रुग्ण तथा नेपाली बजारमा उत्पादन भएका र विदेशमा माग बढी भएका सामान उत्पादन गर्ने उद्योगहरूलाई प्रोत्साहन गर्न उद्देश्यले भैरहवामा विशेष आर्थिक क्षेत्र (सेज) स्थापना भयाे । मुलककै पहिलो निर्यातमुखी परियोजनाको रुपमा रहेको भैरहवा सेज ५२ बिघा क्षेत्रफलमा फैलिएको छ । सेजमा १४ सयदेखि ३७ सय वर्ग मिटरसम्मका ६८ वटा प्लट रहे पनि हाल जम्मा सात वटा मात्रै उद्योग सञ्चालनमा छन् ।

सेज प्राधिकरणले ६८ वटा प्लटमध्ये खाली प्लटका लागि उद्योग स्थापना र सञ्चालनका लागि प्रस्ताव पेस गर्न व्यवसायीलाई सूचना जारी गरेको थियो । १५ फागुनदेखि प्रस्ताव आह्वान गरिएकोमा मागभन्दा धेरै ५५ वटा प्लटका लागि आवेदन आएको थियो । सेज निर्माण सुरू भएको १० वर्षपछि हाल आएर पूर्णरुपमा उद्योग स्थापना गर्ने सम्झौता भएको हो । उद्योगलाई अनुमति दिएपछि सम्झौता भएको हाे । सम्झौता गरेको डेढ बर्षभित्र उद्योग स्थापना गरी सञ्चालनमा गरिसक्नुपर्छ ।

सेजमा बाँकी रहेका प्लटमा पछिल्लो पटक विज्ञापन गर्दा नयाँ उद्योगीहरू थपिएका छन् । उनीहरूले उद्योग सञ्चालन गर्नका लागि सम्झौता पनि गरिसकेका छन् । यो क्षेत्रमा स्थापना हुने उद्योगहरूको लागि प्रारम्भिक आधारभुत विकास निर्माण नेपाल सरकारले नै गर्छ ।

दुई पटक विज्ञापन गर्दा २६ वटा उद्योग आएको विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) कार्यकारी निर्देशक चण्डिका भट्टले बताए । भैरहवा सेजका सबै प्लट भरिएकाे छ, सेजमा हाल सात वटा उद्योगले तीन अर्बको लगानी गरेर चार सयलाई रोजगारी प्रदान गरिरहेका छन् । अब आउने उद्योगहरूले नाै अर्ब लगानी पुर्‍याउने भट्टले बताए ।

पछिल्लो पटक सम्झौता गरेका मसला र मार्बल उद्योगले ९० करोड लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । तीन वटा प्लटका लागि मसला र मार्बल उद्योगले सम्झौता गरेका छन् । सेजमा सबै उद्योग स्थापना हुँदा कम्तिमा ३५ सय जनाले रोजगारी पाउने छन् ।

प्रति वर्ग मिटर एक सय ५० रुपैयाँ भाडा घटाएर २० रुपैयाँ बनाएपछि उद्योगीहरू सेजमा उद्योग सञ्चालन गर्नको लागि रुचि देखाएका हुन् । अहिले अन्यत्र सञ्चालनमा भएका उद्योगका पुराना मेसिन पनि सेजमा सार्न पाउने व्यवस्था पनि गरिएकोले उद्योगीहरू थप आकर्षित भएका हुन् ।

सेजभित्र सञ्चालनमा आएका उद्योगले उत्पादनको ६० प्रतिशत विदेश निकासी गर्नुपर्ने हुन्छ । उद्योगको प्रकृति हेरेर कतिपय उद्योगको एक वर्षदेखि दुई वर्षभित्र विदेश निकासको सम्झौता रहेको छन् । हालसम्म रहेका सात उद्योगले ५० करोड रुपैयाँ बराबरको निकासी गरेका छन् । अब सञ्चालनमा आउने उद्योगहरूले १२ अर्बको निकासी गर्ने अनुमान छ। सरकारले अन्य ठाउँको तुलनामा सस्तो भाडादर ,आयकर छुट, भन्सार छुट, पूर्वाधारको सामूहिक उपयोग लगायत सेवा–सुविधाका कारण सेजमा खुल्ने उद्योगहरूको लागत घट्ने विश्वास छ । लागत कम भएपछि नेपाली उद्योगीहरूको प्रतिस्पर्धी क्षमता बढेर निर्यात पनि बढ्ने छ ।

पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले सेजभित्रका उद्योगहरूमा विद्युत्, पानी र पानीको निकासको समस्या फेरि सुरु भएको गुनासो गरे । उनले भने, ‘हामी आफैले विद्युत् विस्तार र पानीको लागि बोरिङ राख्नु पर्ने अवस्था छ । विद्युत् नहुँदा कतिपय बेला जेनरेटर चलाएर काम गर्दा उत्पादनमा लगानी समेत वृद्धि हुन्छ ।’ यहाँका उद्योगीहरूको सेज गरेका सम्झौताअनुसार पूर्वधारको काम, बैंक काउन्टर आदिमा ध्यान दिनु पर्ने माग गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार