कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

२ अर्ब ९० करोड डलर कर्जाबारे श्रीलंका र आईएमएफ बीच सम्झौता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः  श्रीलंका र बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) बीच कर्जा सम्झौता भएको छ ।

श्रीलंकालाई ४८ महीनाको लागि २ अर्ब ९० करो डलर बराबरको कर्जा विस्तार गर्नेबारे प्रारम्भिक सम्झौतामा पुगेको छ । यो कर्जा भुक्तानी असन्तुलन वा नगद प्रवाहको समस्या भोगिरहेका देशहरुलाई कोषले कर्जा उपलब्ध गराउने कार्यक्रम विस्तारित कोष सुविधा अन्तर्गत दिन लागिएको हो ।

श्रीलंकाले अहिले चरम आर्थिक संकटको सामना गरिरहेको छ । यो वर्ष श्रीलंकाको अर्थतन्त्र ८ दशमलव ७ प्रतिशतले खुम्चने अपेक्षा गरिएको छ । महँगी बढेर ६० प्रतिशतमाथि उक्लिने बताइएको छ । कोषले श्रीलंकाली अर्थतन्त्रलाई स्थीर बनाउन, त्यहाँका सर्वसाधारणहरुको जीविकाको सुरक्षा गर्न र आर्थिक पुनःबहाली र दिगो तथा समावेशी आर्थिक वृद्धिदरको जग तयार गर्न सो सहयोग गरेको बताइएको छ ।

यो कर्जा कोषको व्यवस्थापन र कार्यकारी समितिले पारित गर्नु पर्नेछ ।  एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार