असार २४, २०८२ मंगलबार July 8, 2025

जब सञ्जयदत्त मातेर श्रीदेवीको कोठामा पुगे……

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अभिनेत्री श्रीदेवी हामी छैनन्, तर उनीसँग जोडिएका धेरै किस्सा आज पनि सुनिन्छ र सुनाइन्छ । श्रीदेवीको अभिनेता सञ्जय दत्तसँग जोडिएको एक किस्सा रोचक छ । सञ्जय श्रीदेवीको ठूलो फ्यान हुन् । तर एक घटनाले श्रीदेवीले सञ्जयसँग जिन्दगीभर सहकार्य नगर्ने घोषणा नै गरेकी थिइन् ।

यो घटना फिल्म ‘हिम्मतवाला’को सुटिङसँग सम्बन्धित हो । फिल्मको सुटिङ मुम्बईमा भइरहेको थियो । यो कुरा थाहा पाएका सञ्जय श्रीदेवीलाई भेट्न मुम्बई पुगे ।

सञ्जय मातेर श्रीदेवीलाई भेट्न पुगेका थिए । तर, त्यहाँ सेटमा श्रीदेवीलाई उनले भेटेनन् । युनिटका एक सदस्यले श्रीदेवी आफ्नो कोठामा रहेको जानकारी दिए । यो कुरा सुनेका सञ्जय कोठामा पुगे । मातेर पुगेका सञ्जयलाई देखेपछि श्रीदेवी डराएर चिच्याउन थालिन् ।

यो घटनाको चर्चा निकै भएको थियो । यो समय सञ्जय सफलता पाउनका लागि संघर्षरत थिए । सञ्जय लोकप्रिय भएपछि उनले फिल्म ‘गुमराह’मा श्रीदेवीका साथ काम गरेका थिए । तर यो फिल्मको सुटिङ भइरहँदा उनीहरु बोलेनन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार