असार ३०, २०८२ सोमबार July 14, 2025

विद्यार्थी नै नभएको विद्यालयका शिक्षकले वषौंदेखि कामै नगरी तलव खाईरहेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आधारभूत विद्यालय सिरहा नगरपालिका-९ रामनगर गुलरियाका शिक्षकले वषौंदेखि कामै नगरी तलव खाईरहेका छन् । एक जना विद्यार्थी समेत भर्ना नभएका यस विद्यालयका २ जना शिक्षकले नियमित तलव भत्ता खाँदै आएका छन् ।

जिल्ला सदरमुकाममै रहेपनि यस विद्यालयमा पछिल्लो तीन शैक्षिक सत्रदेखि एक जना पनि विद्यार्थी भर्ना भएका छैनन् । विद्यालयका प्रधानाध्यापक श्यामकुमार यादवले अभिभावकहरुले नै विद्यार्थी नदिएपछि आफूहरु कामविहिन भएको भएको बताउनुहुन्छ ।

गाउँको बीचमा विद्यालय भएपनि कसैले विद्यार्थी पठाउँदैनन्, हामीले कसलाई पढाउने ? यो वर्ष पनि चुनावका कारण विद्यार्थी भर्ना भएन; अबपनि चुनाव आउँदैछ विद्यार्थी कसरी भर्ना गर्ने ?’ आफूले विद्यालयमा विद्यार्थी भर्ना गर्न घरघरै गएर अनुरोध गर्दा पनि विद्यार्थी नदिएको प्रधानाध्यापक यादवको भनाइ छ ।

विद्यार्थी भर्ना नभएपनि शिक्षकको तलव, छात्रवृति रकम, पाठ्यपुस्तकको रकम भने नियमित गईरहेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७ मा शिक्षकको तलब भत्ताबाहेक छात्रा छात्रवृति बापत १८ हजार चार सय, दलित छात्रवृति ४ हजार चार सय, पाठ्यपुस्तक बापत १२ हजार हजार ९८४ रुपैयाँ पठाएको छ ।

२०७६ मा छात्रा छात्रवृति बापत १३ हजार दुई सय, दलित छात्रवृति १२ हजार र पाठ्यपुस्तक बापत १२ हजार हजार ८४१ रुपैयाँ पठाएको छ । विद्यालयको नाममा रकम पठाएपनि तलव बाहेकका रकम भने खर्च नभएको शिक्षा शाखाले जनाएको छ ।

पाँच जना शिक्षक रहेको यस विद्यालयमा विद्यार्थी भर्ना हुन छाडेपछि तीन जनाको अन्यत्र सरुवा गरिएको नगर शिक्षा शाखा प्रमुख काशिन्द्र यादवले जानकारी दिनुभयो । अहिले पनि प्र.अ. श्यामकुमार र भुवनेश्वर यादवसहित २ जना शिक्षक बसेर तलव खाईरहेका छन् ।

अघिल्लो शिक्षा समितिले विद्यालय मर्ज गर्ने योजना बनाएपनि स्थानीयले नमानेपछि रोकिएको बताइएको छ । अहिले सबै शिक्षकहरुलाई अन्यत्र पठाएर नयाँ शिक्षकको टिम ल्याएर विद्यालय सञ्चालन गर्ने योजना बनाएको प्रअ यादवले बताउनुभयो । उहाँले शिक्षा समिति गठन नभईसकेकाले केही कामहरु गर्न समय लागेको जानकारी दिनुभयो ।

शिक्षकहरुले पढाउने भन्दा पनि राजनीतिकरण गरेर विद्यालयलाई लथालिङ्ग बनाएको स्थानीयको आरोप छ । विद्यालयमा नियमित शिक्षक नआउने र आएपनि गफ चुटेर बस्ने गरेकाले आफ्ना विद्यार्थी निजी विद्यालयमा पठाउने गरेको स्थानीयको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार