श्रावण २३, २०८३ शनिबार August 8, 2026

जापानसँग नेपालको सुधारिएको प्रदर्शन, १-० ले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

१८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा मंगलबार नेपाल जापानसँग १-० ले पराजित भएको छ ।

इण्डोनेसियाको सिकाराङस्थित विबावा मुक्ति रंगशालामा भएको खेलमा नेपाली टोली दबाबमा रहे पनि गोलकिपर किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरे । जापानका लागि खेलको सातौँ मिनेटमा मितोमा काओरुले गरेको गोल नै निर्णायक बन्यो ।

नेपालको २३ वर्षमुनिको टोलीले पहिलो खेलमा नै जापानको २१ वर्षमुनिको टोलीको सामना गरेको हो । एसियाली खेलकुदमा यसअघि जापानसँगका तीन खेलमा १४ गोल खाएको नेपालले यसपटक सुधारिएको खेल देखाएको हो ।

समूह ‘डी’ मा नेपालसहित जापान, पाकिस्तान र भियतनाम छन् ।

प्रतियोगिताको दोस्रो खेलमा नेपाल यु-२३ ले भियतनाम यु-२३ सँग अगष्ट १६ मा र अन्तिम खेलमा पाकिस्तान यु-२३ सँग अगष्ट १९ मा प्रतिस्पर्धा गर्ने छ ।

सन् १९८६ मा दक्षिण कोरियामा भएको खेलमा जापानसँग ५-० ले हारेको नेपाल १९९८ मा थाइल्याण्डमा पनि ५-० ले साथै २०१४ मा दक्षिण कोरियामा भएको एसियाली खेलकुदमा ४-० ले हारेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरान–ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा : रिपोर्ट
२०८३ श्रावण २३, शनिबार
संयुक्त राष्ट्रसङ्घद्वारा यमनमा जारी हुथी आक्रमणको कारण द्वन्द्वको उच्च जोखिमको चेतावनी
२०८३ श्रावण २३, शनिबार
‘कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्छ’ – नेता निधी
२०८३ श्रावण २३, शनिबार
धुरन्धरले कायम गर्यो अर्को कीर्तिमान, नेटफ्लिक्समा धेरै हेरिने गैरअंग्रेजी बन्यो चलचित्र
२०८३ श्रावण २३, शनिबार
बालबालिका माथी हिंसा गरेको भन्दै मेटालाई ५६७ मिलियन डलर जरिवाना
२०८३ श्रावण २३, शनिबार
अमेरिकाका २७ राज्यमा फैलियाे घातक ‘क्यान्डिडा ओरिस’ भाइरस
२०८३ श्रावण २३, शनिबार
‘राप्रपाले जनतालाई धोका दियो, अब राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डा जय नेपाल पार्टीले रेस्क्यु गर्छ’ : डा. धवलशमशेर राणा (अन्तवार्ता)
२०८३ श्रावण २३, शनिबार