मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

थप ७६ जनामा कोरोना पुष्टि,८७ संक्रमणमुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नेपालमा थप ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण गराइएका ४ हजार ६९ नमूनामध्ये ७६ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। १८३० नमूनाको पीसीआर  र २२३९ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको  थियो। जसमध्ये पीसीआरबाट ५३ र एन्टिजेन विधिबाट २३ गरी कूल ७६ जनामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार बुधबार थप ८७ जना कोरोनामुक्त भएका छन्। आज कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य छ।

हाल कोरोना सक्रिय संक्रमितको संख्या १३७१ रहेको मन्त्रालयले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया