वैशाख २०, २०८१ बिहिबार May 2, 2024

‘मनिचेन्जर’को नयाँ इजाजत बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल राष्ट्र बैंकले अर्को व्यवस्था नभएसम्मका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बाहेकका अन्य स्थानमा ‘मनिचेन्जर’को नयाँ इजाजत बन्द गरेको छ ।

नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७८ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गरी अर्को व्यवस्था नभएसम्म अन्तर्राष्ट्रिय विमानस्थलबाहेकका स्थानमा मनिचेन्जरको नयाँ इजाजत प्रदान गने सम्बन्धी कार्य बन्द गरिएको जनाएको छ ।

विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ मा संशोधन गरिएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आगलागीले बस्ती जलेपछि गाउँ नै बिचल्लीमा
२०८१ वैशाख २१, शुक्रबार
प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
२०८१ वैशाख २०, बिहिबार
तराईमा लु का कारण बिरामी हुनेको सङ्ख्या बढ्यो, सचेत हुन स्वास्थ्यकर्मीहरूको आग्रह
२०८१ वैशाख २०, बिहिबार
एकैपटक ४८ जना उपसचिवको सरुवा, को कहाँ पुगे ?
२०८१ वैशाख २०, बिहिबार
सुदूरपश्चिममा मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रतिवाद गर्ने कांग्रेसको निर्णय
२०८१ वैशाख २०, बिहिबार
धनगढीबाट लागूऔषधसहित ६ जना पक्राउ
२०८१ वैशाख २०, बिहिबार
प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन
२०८१ वैशाख २०, बिहिबार