असार २४, २०८२ मंगलबार July 8, 2025

यौन जीवन राम्रो बनाउनका लागि नियमित ध्यान गर्नुहोस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः के तपाईंलाई थाहा छ ? नियमित ध्यान गरे गुमेको सेक्स उर्जा पनि प्राप्त गर्न सकिन्छ । शायद थाहा नहुनसक्छ होला । यदि यौन उत्तेजनामा पनि समस्या छ भने ध्यान गरेर सुधार ल्याउन सकिन्छ ।

युनिर्भसिटि अफ ब्रिटिश कोलम्बिया सेक्सुअल ल्बोरेटरी एण्ड बेटर सेक्स थ्रो माइन्डफुलनेशका अनुसार सेक्स जीवनलाई उत्कृष्ट बनाउन चाहनुहुन्छ भने ध्यान र योगको सहारा लिनैपर्ने हुन्छ । यौन चाहना नहुनु, शीघ्रस्खलन जस्ता समस्या छ भने ध्यान एउटा उपयुक्त माध्यम हुन सक्छ । कयौं मानिसहरु यौन सम्पर्क गर्दा नर्वस हुने गर्छन ।  त्यसैले यी समस्याहरुबाट छुट्कारा पाउन ध्यानले कसरी सेक्स जीवनमा फाइदा पु¥याउँछ भन्ने कुरा जान्न जरुरी छ ।

आफु हुनुको महसुस गराउने 
नियमित ध्यान गर्नाले आफुलाई माया गर्न सिकाउँछ । कुनै पनि सम्बन्धलाई बलियो बनाउनुका साथ–साथै एक–आपसमा माया बढाउन सबैभन्दा पहिले आफुलाई माया गर्न जरुरी छ । आफुलाई माया गरे मात्र आफुमाथि ध्यान जान्छ । यसले हाम्रो शरीर स्वस्थ रहनुका साथै सेक्स पार्टनरलाई पनि सन्तुष्ट राख्न सकिन्छ ।

 स्थिर रहन सिकाउँछ 
ध्यानले मानिसलाई स्थिर रहन सिकाउँछ । र सेक्स जीवनका लागि यो निकै महत्वपूर्ण मानिन्छ । जीवनमा आएका केही समस्याका कारण हाम्रो दिमाग स्थिर रहदैन, कतै न कतै भटकिरहन्छ । जसकारण यौन सम्पर्क गर्ने बेलामा हामी कमजोर बनिरहेका हुन्छौं ।

त्यसैले नियमित ध्यान गर्दा दिमाग एकाग्र हुन मद्दत पुग्नुका साथै यौन जीवनलाई पनि सफल बनाउन सकिन्छ ।  स्वास लिन सिकाउँछ  सेक्स सम्बन्धलाई शारीरिक अभ्यास पनि भनिन्छ । सेक्स गर्दा स्वासको गति पनि एकदमै तिब्र हुन्छ । यदि त्यतिबेला हामी सक्रिय छैनौं भने तुरुन्तै थाक्ने गर्छौं । तर ध्यानले स्वास लिन सिकाउँछ, जसले गर्दा सेक्सका बेला स्वास माथि नियन्त्रण हुनुलाई निकै महत्वपूर्ण मानिन्छ ।

महसुस गर्न सिकाउँछ  

ध्यानले आफ्नो सेक्स पार्टनरको भावनालाई महसुस गर्न सिकाउँछ । जुन बेला तपाईको सेक्स पार्टनरले साथ दिदैन त्यतिबेला अनेकौं किसिमका नकारात्मक सोंच उब्जिन सक्छ । तर शारीरिक सुख मात्रै पर्याप्त होइन, मानसिक सुख पनि निकै जरुरी छ भन्ने कुरा ध्यानले सिकाउँछ । ध्यानले दिमागबाट नभई दिलसँग जोड्न मद्दत पु¥याउँछ ।

 तनावबाट बचाउँछ  

तनाव सेक्स जीवनको सबैभन्दा ठुलो शत्रु हो । तनावका कारण सेक्ससँग सम्बन्धीत अनेकौं समस्या पनि हुन सक्छ । तनावकै कारण सेक्सका लागि रुचि लाग्दैन । त्यसैले मानिसलाई तनावबाट मुक्त रहन ध्यानको आवशयकता छ । यदि तपाईंको सेक्स जीवन ठिक छैन भने आफ्नो दैनिक जीवनमा ध्यानलाई पनि एउटा पाटो बनाउन सक्नुपर्दछ ।  एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार