वैशाख २३, २०८१ आइतबार May 5, 2024

रविको नागरिकता छानबिन गर्न गृह र परराष्ट्रलाई अख्तियारको पत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अग्रसरता देखाएको छ । आयोगले लामिछानेको नागरिकता र राहदानी छानबिन गर्न गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।

आयोगमा दर्ता भएको उजुरीलाई आधार मानेर सम्बन्धित मन्त्रालयलाई अनुसन्धान गर्न पत्र पठाइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए । अख्तियारले भ्रष्टाचारका विषयमा अनुसन्धान गर्ने भएकाले नागरिकतासम्बन्धी विवाद के हो भनी पत्र पठाएको उनले बताए ।

आयोगमा लामिछाने सन् २०१८ सम्म अमेरिकी नागरिक रहेको तर उनले सन् २०१५ मै नेपाली राहदानी लिएको भन्दै सो विषयमा संलग्नमाथि छानबिन गर्न माग गरिएको थियो । रविले सन् २०१४ मा अमेरिकी राहदानी लिएर नेपाल आएर सन् २०१५ मा नेपाली राहदानी लिएको पाइएको छ ।

एउटा देशको नागरिकता खारेज नहुँदै अर्को देशको नागरिकता लिन र राहदानी लिन पाइँदैन । लामिछानेले भने सन् २०१४ मा अमेरिकी राहदानी लिएर सन् २०१५ मै नेपाली राहदानी पनि लिएको देखिन्छ । विदेशी राहदानी नै खारेज नभई उनले कसरी नेपाली राहदानी लिए भन्ने विषयमा गृह र परराष्ट्रले अब छानबिन प्रक्रिया अगाडि बढाउनेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेको नागरिकता र राहदानी विवाद’बारे नेपाल प्रहरीले पनि अनुसन्धान गरिरहेको छ ।

लामिछानेले पहिलोपटक २०५० सालमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता निकालेका थिए । अमेरिका गएपछि उनले त्यतैको नागरिकता लिएपछि ‘नेपाली नागरिकता’ खारेजी भयो । नेपाली नागरिकता खारेजीपछि उनले पुनः नागरिकता लिन चाहेमा पुरानो नम्बरमा नयाँ नागरिकता पाउँछन् ।राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार