वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

‘चुनावी समीक्षा’ लेखेको निहुँमा पत्रकारमाथि कुटपिट, प्रहरीद्वारा किटानी जाहेरी दर्ता अस्वीकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आमनिर्वाचनको ‘समीक्षात्मक समाचार’ लेखेको आरोपमा मकवानपुरमा दुई पत्रकारमाथि कुटपिट भएको छ ।

‘आफँहरूलाई पिट्ने व्यक्तिलाई कारबाही’ माग गर्दै किटानी जाहेरी दिन गएका पत्रकारविरुद्ध दलका कार्यकर्ताले नाराबाजी गरेपछि प्रहरीले जाहेरीसमेत दर्ता गर्न मानेको छैन ।

यही विषयलाई लिएर सोमबार दिनभर जिल्ला प्रहरी कार्यालय मकवानपुर परिसर अशान्त बन्यो । पीडितको समर्थनमा प्रहरी कार्यालय पुगेका पत्रकार र दलका कार्यकर्ताबीच झडपको अवस्था आएपछि जिल्ला प्रहरीले प्रदेश प्रहरीबाट थप सुरक्ष बल मगाएको थियो ।

प्रहरीद्वारा किटानी जाहेरी दर्ता अस्वीकार

‘पत्रकारमाथि यस्तो निन्दनीय व्यवहार अहिलेसम्म देखेको थिइनँ, कांग्रेस कार्यकर्ताले समग्र पत्रकारमाथि तथानाम बोले, प्रहरी सुरक्षा घेराभित्रै हातपातकै अवस्था भयो, हामी दिनभर त्यही नरजबन्दजस्तै अवस्थामा रह्यौं,’ एक पत्रकारले भने, ‘अझै पनि जाहेरी दर्ता नगर्ने प्रहरीलाई दलको दबाब माथिबाटै आएको छ ।’

‘नेपाली कांग्रेसभित्र आन्तरिक द्वन्द्व रहेको र अन्तर्घातकै कारण गत निर्वाचनमा गठबन्धनले हार बेहोर्नुपरेको’ समीक्षात्मक समाचार लेखेका कारण आपसमा भनाभनपछि हातपात भएको हो ।

कांग्रेस बाग्मती प्रदेश सभापति एवं मकवानपुर १ (ख)बाट निर्वाचित प्रदेश सांसद ‘इन्द्रबहादुर बानियाँविरुद्ध समाचार लेखेको’ भन्दै पत्रकारमाथि कांग्रेस कार्यकर्ताले कुटपिट गरेको पीडित पत्रकारले बताएका छन् ।

‘बाग्मती एक्सप्रेस’ साप्ताहिकमा आएको समाचार विषयमा विवाद हुँदा प्रकाशक रमेश बन्जारा इन्द्र र पत्रकार रामकुमार रिजाल एलनमाथि कुटपटि भएको हो ।

हेटौंडास्थित एक होटलमा आइतबार राति करिब सवा ९ बजेको समय कांग्रेसका राजेश भेटवाल नेतृत्वमा आएको समूहले ‘आफूहरूलाई एक्कासी कुटपिट गरेको’ पत्रकारको आरोप छ । करिब दर्जन कार्यकर्ताले बन्जारा र एलनमाथि आक्रमण गरी घाइते बनाएका बताइएको छ ।

घाइते दुई पत्रकार भेटवाल, राजु नगरकोटी, रञ्जन बनियाँसहितको नाम उल्लेख गरी ‘ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता गर्न’ प्रहरी कार्यालय पुगेका थिए । तर, प्रहरीले किटानी जाहेरी दर्ता गर्न मानेन । ‘भोलि ११ बजेका लागि दर्ता समय तोकिएको’ प्रहरीले जनकारी दिएको छ ।

यसैबीच, नेकपा एसनिकट समाजवादी प्रेस संगठनले ‘एलनलाई कुटपिट गर्ने र योजनाकार पहिचान गरी कारबाही गर्न’ माग गरेको छ ।

संगठनका उपमहासचिवसमेत रहेका एलनलाई राजेश भेटवालसहितको टोलीले कुटपिट गरेको र नेपाल पत्रकार महासंघ बाग्मतीका महासचिव कृष्ण सारु मगरमाथि पनि कुटपिट गरिएको भन्दै समाजवादी प्रेस संगठनले घटनाको विरोध गरेको हो ।

महासचिव मगर सामान्य घाइते भएको तथा एलनको देब्रे कान तथा दाहिने गालामा गम्भीर चोट लागेको संगठन महासचिव भूपराज खड्काले बताए । ‘बाग्मती एक्सप्रेस’मा हालै सम्पन्न चुनावमा ‘कांग्रेसभित्रको घात–अन्तर्घात’सम्बन्धी समाचार प्रकाशित भएको थियो ।

मकवानपुर कांग्रेसले आइतबार पत्रकार सम्मेलन गरी ‘समाचार झुट रहेको र त्यस्तो समाचार प्रकाशन नगर्न’ चेतावनी दिएको थियो । पत्रकार महासंघ मकवानपुर शाखाले पनि पत्रकार एलन, रमेशमाथिको कुटपिटको भत्र्सना गरेको छ ।

समाचार विषयमा चित्त नबुझे खण्डन गर्ने र कानुनी उपचारको बाटो खोज्ने उपाय हुँदाहुँदै ‘समाचार लेखेकै विषयलाई लिएर पत्रकारमाथि भौतिक आक्रमण हुनु अत्यन्तै निन्दनीय कार्य भएको र घटनामा छुट्याउन जाने क्रममा नेपाल पत्रकार महासंघ बाग्मती प्रदेशका महासचिव कृष्ण सारुमगरलाई समेत दुव्र्यवहार भएकोले घटनाको घोर भत्र्सना गर्दै दोषीलाई कारबाही माग गरिएको’ नेपाल पत्रकार महासंघ मकवानपुर शाखा सचिव शुभलक्ष्मी विश्वकर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा माग गरिएको छ ।

कुटपिटमा संलग्न रहेको आरोपित पक्षले भने ‘राजनीतिक आरोपप्रत्यारोपको कुराभन्दा पनि मादकपदार्थ सेवन गरिरहेको बेला भनाभन भएको र सामान्य हात हालाहाल भएको’ दाबी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सोमबार साँझ यसै विषयलाई लिएर सामान्य झडपको अवस्थासमेत आएको थियो । विवाद क्रममा जिल्ला प्रहरी कार्यालय परिसरमा रहेका पत्रकारमाथि आक्रमण गर्दै कांग्रेस निकट तरुण दलसम्बद युवाले नाराजुलुस गरेका थिए ।

यसैगरी, प्रेस चौतारी मकवानपुरले पनि घटनाको भत्र्सना गर्दै दोषीमाथि कारबाही माग गरेको छ । राजधानीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार