वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

बिहेको भोज खाएका पाल्पा र प्यूठानका ८५ जना बिरामी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बिहेमा भोज खाएपछि पाल्पा र प्यूठानका ८५ जनाभन्दा बढी बिरामी परेका छन्।

पाल्पाको बगनासकारी गाउँपालिका चिर्तुङधारा घोरबन्दा र प्यूठान नगरपालिकाको गुरुङगाउँका ८५ जनाभन्दा बढी बिरामी परेका हुन्। बिहेमा भोज खाएका पाल्पाका ४० जनाभन्दा बढी र पाल्पामा जन्ति आएर फर्किएका प्यूठानका अन्य ४५ जना बिरामी परेका हुन्।

गत शनिबार शनिबार बगनासकाली गाउँपालिका–१, चिर्तुङधारा घोरबन्दास्थित दानबहादुर गाहाकी छोरीको बिहेमा भोज खाएकाहरु बिरामी परेको स्थानीयले बताएका छन्। पाल्पाको चिर्तुङधारामा बिरामी परेकाहरुले आइतबार र सोमबार तानसेनस्थित मिसन अस्पतालमा उपचार गराएका छन्।

चिर्तुङधारा घोरबन्दाका बिरामी टेकबहादुर गाहाका अनुसार ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने समस्या देखिएको छ। पाल्पामा प्युठान नगरपालिका–६, गुरुङगाउँबाट जन्ति आएका थिए।

भोजमा राँगोको मासु, पुलाउ, बटुक, अचार थियो। कतिपयले पानी धमिलो देखिएको र पानीकै कारण पनि हुन सक्ने आशंका गरेका छन्। पाल्पामा जन्ती गएका ४८ जनामध्ये ४५ जनाले खाना खाएको र खाना खाएका उनीहरू सबै बिरामी भएका हुन्। उनीहरूको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार