असार २२, २०८२ आइतबार July 6, 2025

लैंङ्गिक हिंसा बिरुद्ध सामुदायिक सेवा केन्द्र नागार्जुनको जनचेतना र्याली सम्पन्न (फोटोफिचर)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र नागार्जुनले शनिबार लैंङ्गिक हिंसा बिरुद्धको जनचेतना  र्याली सम्पन्न गरेको छ । देशमा हरेक दिन महिला हिंसा र बलात्कारको घटनाहरु बढिरहेकाले त्यसको बिरुद्धमा र्याली आयोजा गरेको हो ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र नागार्जुनले लैंङ्गिक हिंसा बिरुद्धको र्याली आयोजना गरेर समाजमा हुने लैंङ्गिक हिंसाको बिरोधमा समाजमा आफ्नो आवाज बुलन्द गरेको सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रताप दानीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘समाजमा महिलामाथि महिलाले तथा पुरुष दुबैले गर्ने हिंसा तथा बलात्कारको घटनाहरु बढ्दै गएकोले त्यसको बिरुद्धमा आवाज उठाउँदै सामाजिक जनचेतना जगाउने उद्देश्यले सदाझै र्यालीको आयोजना गरिएको बताउनुभयो ।

र्याली कार्यक्रममा सामुदायिक प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, संरक्षक सदस्यहरु ,सल्लाहकार समूहका सदस्यहरु, पार्षद समूहका सदस्यहरु, हल्चोक माध्यमिक विद्यालय, पिपल्स फ्रेन्डसिप विद्यालय, कामना अन्तराष्ट्रिय कलेज तथा विद्यालय, लिटिल क्लिम्बर अङ्ग्रेजी स्कुल, International Peace एकेडेमी लगायतका शैक्षिक संस्था हरुबाट प्रधानअध्यापक सहायक प्रधानाध्यापक, शिक्षक ,शिक्षिका तथा अध्ययनरत विद्यार्थी भाइबहिनीहरु सहित ३०० भन्दा बढीको सहभागिता रहेको थियो ।

र्यालीमा सामाजिक रूपमा लज्जित र कानुनीरुपमा दण्डित हुने कार्य नगरौं, लैङ्गिक हिंसा भएमा ११४५ मा खबर गरौ, सामूहिक एक्यबद्धता लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता, महिला पुरुष ईश्वरको अनुपम कृति असमानता राखेर नगरौं विकृति, आफैंबाट शुरु गरौं लैङ्गिक हिंसा बन्द गरौं लगायतका प्लेकार्डहरू बोकी र सोहीअनुसारका नाराहरु लगाउँदै प्रदर्शन गरिएको थियो । साथै उक्त र्यालीमा नागार्जुन ३ एकता टोल उपभोक्ता समितिका सदस्यहरु, गैरीगाउँ महिला जागृति आमा समूहका सदस्यहरु, नगर कार्यपालिकाका सदस्य अम्बिका गजमेरको समेत सहभागिता रहेको थियो।

उक्त -र्याली नागार्जुन नगरपालिका वडा नम्बर २ र ३ को सिमाना ठूलो भरयाङ चोकबाट बिहान ७:४५ बजे सुरु भई शान्तिमार्ग एकधारा, नामगेल्चोक, बुद्धचोक ,गैरीगाउँ माईक्रो पार्किङ्ग, गैरी गाउँ, राई चोक,तिनघरे, रानिबन बुद्धचोक मनकामना मार्ग, रेड चिल्ली चोक ,पहेलो गुम्बा परीक्रमा गरी नाम्गेल चोकको सामुदायिक प्रहरी सेवा केन्द्रको कार्यालय प्राङ्गणमा कोणसभामा परिणत भएको थियो।

समापन कार्यक्रमलाई जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक श्री निरन्जन दत्त  भट्टले शुभकामना दिँदै आफू स्वयम्भू कार्यालयको प्रमुख हुँदा यस सामुदायिक सेवा केन्द्रसँग सहकार्य गर्दै विभिन्न जनचेतनामूलक कार्यक्रम गरेको स्मरण गर्नुभएको थियो। उहाँले यस क्षेत्र घरेलु मदिरा उत्पादन गर्ने क्षेत्र भएकाले प्राय पुरुषहरुले मदिरा सेवन गरी घरेलु हिंसा गर्ने गरेको कुरा पनि उल्लेख गर्नुभयो। शुभकामना मन्तव्य दिनुहुँदै यस संस्थाका सल्लाहकार आलोक बाबु प्रसाँईले यस संस्थाले धेरै जनचेतनामूलक कार्यक्रमहरु गरिरहेको र तीमध्ये स्मरण गर्न योग्य महिला हिंसा विरुद्धको जनचेतना मुलक कार्यक्रम लगातार गरिरहेको स्मरण गराउँदै आफ्ना भनाईहरु राख्न मौका प्रदान गर्नुभएकोमा संस्था प्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष प्रताप दानीले कार्यक्रममा सहभागी सम्पूर्णलाई हार्दिक धन्यवाद दिँदै लैङ्गिक हिंसाविरुद्धको १६ दिने कार्यक्रममा मात्र नभई हामी ३६५ दिनै लैंगिक हिंसा विरुद्धमा कृयाशिल छौं यस्तै हरेक सामाजिक गतिविधिमा तपाईहरुको सम्पूर्णको साथ र सहयोग पाईरहेको र पाउने आशा गर्दै आफू थप उत्साहित भएको बताउँदै कार्यक्रम समापन गर्नुभएको थियो। उक्त कार्यक्रमको संस्थाका महासचिव सरला श्रेष्ठले उद्घघोषण गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार