श्रावण ५, २०८२ सोमबार July 21, 2025

लोकतन्त्र आएपछि भाग खोज्न राजनीतिमा आएको पार्टी होइन एमाले : केपी ओली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश र जनतालाई सर्वाेपरी भागमा राखेर सडकदेखि सदनसम्म भूमिका निभाउने बताएका छन् ।

प्रज्ञा प्रतिष्ठानमा पार्टीले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश र जनतालाई सर्वाेपरी ठानेर अघि बढेको एमाले अब पनि सडक, सदन र सरकारमा जहाँ रहे पनि सोहीअनुसार अघि बढ्ने बताए ।

सामाजिक न्याय र लोकतन्त्रका लागि लडेको एमाले सधैं देश र जनताको पक्षमा रहने बताउँदै उनले एमाले लोकतन्त्र आएपछि भाग खोज्नलाई राजनीतिमा नआएको भन्दै नयाँ उदायका पार्टीप्रति व्यंग्य गरे ।

राजनीतिक क्षेत्रमा अस्थिरता र अराजकता मौलाएको भन्दै ओलीले भने, ‘अहिले राजनीतिमा इतिहास चाहिँदैन, अनुभव चाहिँदैन, अनुशासन, निष्ठा र वलिदान पनि चाहिँदैन भनिँदै छ । एमाले यसमा चिन्तित् छ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया