श्रावण ५, २०८२ सोमबार July 21, 2025

‘भावी सन्तति र पार्टीको भविष्य सम्झेर मलाई मतदान गर्नु’ – गगन थापा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली काँग्रेसका महामन्त्री तथा काँग्रेस संसदीय दलका उम्मेदवार गगन कुमार थापाले आफूलाई मतदान गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल मार्फत अपिल गर्दै थापाले देश, जनता, भावी सन्तति र पार्टीको भविष्य सम्झेर मतदान गर्न अनुरोध गरेका छन् ।

‘माननीय सांसदज्यूहरूले देश, जनता, भावी सन्तति र पार्टीको भविष्य सम्झेर छातीमा हात राखी युगानुकूल निर्णय गरी संसदीय दलको नेतामा मलाई मतदान गर्नुहुन विनम्रतापूर्वक अनुरोध गर्दछु’ थापाले अपिलमा भनेका छन् ।

‘आज हुन गइरहेको नेपाली काँग्रेसको संसदीय दलको निर्वाचनले देश, जनता र नेपाली काँग्रेसको भविष्य दिशानिर्देश गर्ने छ’ उनले अपिलमा भनेका छन्, ‘भर्खरै सम्पन्न आमनिर्वाचनमार्फत नेपाली जनताले दिएको अभिमतलाई इमानदारितापूर्वक आत्मसात् गरी देश, लोकतन्त्र, संविधान र भावी सन्तानको लागि नेपाली काँग्रेसका आदरणीय अग्रज नेताहरू तथा माननीय सांसदज्यूहरूलाई विवेकसम्मत निर्णय गर्न म हार्दिक अपिल गर्दछु ।’

वर्तमान राजनीतिक अन्यौलता र आर्थिक सङ्कटको घडीमा राजनीतिक स्थायित्व सुनिश्चित गर्दै असल शासन र व्यापक आर्थिक सुधारको जगमा समुन्नति र विकास नै अबको राष्ट्रिय एजेन्डा हो भन्ने कुरामा विश्वस्त रहेको बताउँदै थापाले सरकारको नेतृत्व, सोच, नीति, कार्यक्रम र कार्यशैली परिवर्तनका पक्षमा नेपाली जनताले दिएको जनादेशको सम्मान गरेको अपिलमा उल्लेख गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया