असार २८, २०८२ शनिबार July 12, 2025

कर्णाली प्रदेशसभा सदस्यकाे शपथ ११ पुसमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहण पुस ११ गते हुने भएको छ। सभामुख र उपसभामुखको निर्वाचन नभएसम्म प्रदेशसभाको अध्यक्षता ज्येष्ठ सदस्यले गर्नेछन्।

प्रदेशसभामा सबैभन्दा ज्येष्ठ सदस्यको रूपमा नेकपा एमालेका विनोदकुमार शाह छन्। दैलेख निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित शाह एमालेका प्रदेश अध्यक्षसमेत हुन्।  प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले शाहलाई प्रदेश प्रमुखले शपथ गराउने र त्यसपछि शाहले प्रदेशसभाका अन्य सदस्यलाई शपथ खुवाउने बताए।

प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले नवनिर्वाचित सांसदहरूको शपथ ग्रहणको लागि तयारी पूरा गरिएको  जानकारी दिए। कर्णाली प्रदेशसभामा सत्तारुढ गठबन्धनको बहुमत छ । प्रत्यक्षतर्फ ९ र ५ समानुपातिक गरी १४ सिटसहित पहिलो दलको हैसियतमा नेपाली कांग्रेस छ भने प्रत्यक्षतर्फ समान ९ सिट नै जितेर समानुपातिकतर्फ ४ गरी १३ सिट सहित नेकपा माओवादी केन्द्र दोस्रो दलको हैसियतमा छ ।

एमालेले प्रत्यक्ष र समानुपातिक गरी १० सिट प्राप्त गरेको छ । एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ कुनै सिट जित्न सकेन । सो पार्टीले समानुपातिक तर्फ भने एक सिट प्राप्त गर्न सफल भएको छ ।

समानुपातिक तर्फ रुकुम पश्चिमकी कल्याणी खड्का प्रदेसभा सदस्य बनेकी छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यो पटक पनि १ सिटमै उपस्थिति जनाएको छ । समानुपातिकतर्फ सुर्खेतकी सन्तोषी शाही ठकुरी राप्रपाबाट सांसद बनेकी छन् ।

प्रदेशसभाको अंकगणितको आधारमा कर्णालीमा सत्तारुढ गठबन्धनकै नेतृत्वमा सरकार बन्ने निश्चित छ । तर गठबन्धनभित्र कांग्रेस र माओवादीमध्ये कसले पहिला नेतृत्व गर्ने भन्नेबारे रस्साकस्सी चलिरहेको छ ।

कांग्रेस–माओवादी दुवैलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको नेतृत्वको लागि वचन दिएका कारण नेताहरू केन्द्रको निर्णयको पर्खाइमा छन् । जसले गर्दा सरकार गठनबारे प्रदेशमा अन्योल देखिएको छ  ।

तर, चुनावको समयमा हुम्ला पुगेर बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाहीलाई ‘कन्टिन्यू’ गर्ने प्रतिबद्धता उनले जनाएका थिए । त्यसैले दुवै दलका नेताहरू यतिबेला सरकार बनाउने कुरामा केन्द्रमा निर्भर छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार