श्रावण ६, २०८२ मंगलबार July 22, 2025

ट्रेड युनियन कांग्रेसको महाधिवेशन आगामी वर्ष जेठ दोस्रोसाता

ट्रेड युनियन कांग्रेस आबद्ध सङ्घ, जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न गरी आगामी वर्ष जेठमा महाधिवेशन सम्पन्न गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन आगामी २०८० जेठ १२ देखि १४ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यको अध्यक्षतामा मङ्गलबार र बुधबार काठमाडौँमा बसेको दुईदिने कार्यसम्पादन समितिको बैठकले आबद्ध सङ्घ, जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न गरी आगामी वर्ष जेठमा महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो ।

बैठकले अध्यक्ष आचार्यको संयोजकत्वमा राष्ट्रिय समितिका सबै, महिला तथा युवा अध्यक्ष तथा संरचनामा रहेका आबद्ध सङ्घ, ट्रेड युनियन कांग्रेस प्रदेश तथा जिल्ला अध्यक्ष रहेको महाधिवेशन मूल तयारी समिति गठन गरेको छ । उक्त बैठकले सदस्यता फाराम तथा शुल्क सङ्कलन २०७९ फागुन मसान्तभित्र, आबद्ध सङ्घको राष्ट्रिय महाधिवेशन २०७९ चैत मसान्तभित्र, ट्रेड युनियन कांग्रेस जिल्ला अधिवेशन २०८० वैशाख ९ र प्रदेश अधिवेशन वैशाख १८ गते सम्पन्न गर्ने निर्णय गरेको महासचिव योगेन्द्र कुँवरले जानकारी दिए ।

विसं २०८० वैशाखदेखि सरकारले अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षामा सहभागी गराउने निर्णय भइसकेको सन्दर्भमा स्थानीय तहमा श्रमिकको पञ्जीकरण तथा श्रमिकको समस्या समाधानार्थ स्थानीय तहमा श्रम सल्लाहकार समिति गठन गराउन सम्बन्धित निकायमा अभियानका रुपमा कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अगाडिको ट्रेड युनियन कांग्रेसको बैठकको निर्णयविरुद्ध रहेर अलग्गै पार्टीमा आबद्ध भएको भन्दै ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका सल्लाहकारद्वय रिता खनाल र कल्पना अधिकारीलाई सल्लाहकार पदबाट तथा अनौपचारिक क्षेत्रकी उपाध्यक्ष आशासिंह राठौरलाई उपाध्यक्ष पदबाट निलम्बन गर्ने निर्णय गरेको छ ।

नेपाल ट्रेड युनियन कांग्रेसले नीति अधिवेशन, कांग्रेसको संरचनामा श्रमिक समावेश, दुई तहको निर्वाचन समीक्षा, कोरोनाबाट थिलोथिलो भएका श्रमिकलाई राहत, श्रमिकलाई सामाजिक सुरक्षा तथा आप्रवासी श्रमिक समस्याका मुद्दालाई छलफल गर्न तत्काल कांग्रेसको महासमिति बैठक बोलाउनसमेत माग गरेको छ ।

ट्रेड युनियन कांग्रेसमा देशभरका औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत विभिन्न २७ श्रमिक सङ्घ, सङ्गठन आबद्ध छन् भने झण्डै पाँच लाख श्रमिक सदस्य रहेका बतायएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार