असार २८, २०८२ शनिबार July 12, 2025

मधेश प्रदेश सभाका नव निर्वाचित सदस्यहरुको शपथ ग्रहण सम्पन्न

४९ जनाले मातृभाषामा र ५५ जनाले नेपाली भाषामा शपथ लिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मधेश प्रदेश सभाको सभा हलमा नव निर्वाचित प्रदेश सभाका सदस्यहरूलाई प्रदेश सभाका ज्येष्ठ सदस्य गोविन्द बहादुर न्यौपानेले शपथ ग्रहण गराउनुभएको छ ।

मधेश प्रदेश सभामा नवनिर्वाचित भएका कूल १ सय ७ सदस्यमध्ये ज्येष्ठ सदस्य गोविन्द बहादुर न्यौपानेलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले हिजो शपथ ग्रहण गराउनुभएको थियो ।

कार्यक्रममा मधेश प्रदेश सभाका १ सय ४ जनाले शपथ ग्रहण गर्नुभएको हो । मधेश प्रदेशमा निर्वाचित हुनुभएका नेकपा माओवादी केन्द्रका दुई जना प्रदेश सभाका सदस्यहरूलाई सर्वोच्च अदालतबाट हालका लागि कामकाज नगराउनु भन्ने सर्वोच्च अदालतको आदेश आएकाले उहाँहरूको शपथ ग्रहण नहुने प्रदेश सभा सचिवालयका निमित्त रञ्जित कुमार यादवले जानकारी दिनुभयो ।

यसरी सर्वोच्च अदालतले मर्यादाक्रमको विषयमा परेको रिटमा अदालतले हालका लागि कामकाज नगर्न नगराउन आदेश भएकाले माला कर्ण र मोहम्मद रजि हैदरले शपथ ग्रहणबाट वञ्चित हुनुभएको हो ।

४९ जनाले मातृभाषामा र ५५ जनाले नेपाली भाषामा शपथ लिनुभयो । पहिलो अधिवेशन १८ गतेका लागि प्रदेश प्रमुखले आह्वान गरिसक्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया