असार २८, २०८२ शनिबार July 12, 2025

एक साताभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान (विज्ञप्ती)

दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न एक साताको समय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रदेश १ का प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गरेका छन् ।

आइतबार उनले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न एक साताको समय दिएका हुन् ।

यही १४ पुस आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख खापुङले समय दिएका हुन् ।

संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेशसभाका दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतसहित मुख्यमन्त्री पदमा दाबी पेस गर्न उनले आह्वान गरेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया