असार २८, २०८२ शनिबार July 12, 2025

सुदूरपश्चिम प्रदेशसभाकाे सभामुख चयनका लागि २ माघमा निर्वाचन

प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नु पर्ने व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिम प्रदेश सभाकाे सभामुख चयनका लागि २ माघमा निर्वाचन हुने भएकाे छ । आज बसेकाे सर्वदलीय बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

आइतबार प्रदेश सभाका जेष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतमा बसेको सर्वदलिय बैठकले माघ २ गते सभामुख र त्यस पछि उप सभामुख चयनको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेशसभाको बैठक भोलि (सोमबार)का लागि बोलाइएको छ । बैठकको पूर्वसन्ध्यामा प्रदेशसभाका जेष्ठ सदस्य मानबहादुर रावलले सर्वदलीय बैठक बोलाएका हुन् । सर्वदलीय बैठकले आगामी २ माघमा निर्वाचन गर्ने सहमति गरेको प्रदेशसभाका सचिव देवबहादुर बोगटीले बताए ।

प्रदेशसभा सञ्चालन ऐनअनुसार प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नु पर्ने व्यवस्था छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया