काठमाडौंः नेपालबाट हराएका प्राचीन मूर्तिहरूको सङ्ख्या अध्यावधिक गरी अभिलेख राख्नुपर्नेमा सांसद्हरुले जोड दिनुभएको छ ।
राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसद्हरुले प्राचीन मूर्तिहरू देशका अमूल्य सम्पत्ति भएकाले फेला परेका मूर्तिमात्र नभई हराएका मूर्तिको समेत अभिलेख राख्नुपर्नेमा जोड दिनुभयो ।
सांसद्हरुले मुलुकका कतिपय सांस्कृतिक सम्पदाहरुमा व्यवस्थापकीय कमजोरी रहेको भन्नुहुँदै व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले कुन समयमा कति मूर्तिहरू कहाँबाट हराए भन्ने विषय जटिल भएकाले फिर्ता भएका मूर्तिहरूको मात्र अभिलेख राख्ने गरिएको जानकारी दिनुभयो ।
सचिव अधिकारीले अधिकारीले सांस्कृतिक सम्पदाहरुमा भएको व्यवस्थापकीय कमजोरीलाई सुधार गर्दै सम्पदाहरूको संरक्षण र सम्वद्र्धन गर्न मन्त्रालय कटिबद्ध भएर लाग्ने बताउनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया