असार २८, २०८२ शनिबार July 12, 2025

संसद सचिवालयलद्वारा प्रतिनिधिसभा सदस्यहरुको नाम सार्वजनिक

प्रतिनिधिसभा २०७९ मा समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित सांसदको नामावली सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गत मंसिर ४ मा सम्पन भएको आम निर्वाचनमा प्रतिनिधिसभातर्फ निर्वाचित भएका २७५ सांसदहरुको नामावली संघीय संसद सचिवालयले सार्वजनिक गरेको छ । प्रतिनिधिसभा २०७९ मा समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित सांसदको नामावली सार्वजनिक भएको हो ।

सचिवालयले वर्णानुक्रमअनुसार निर्वाचित सांसदको नामावली सार्वजनिक गरेको छ । निर्वाचनबाट नेपाली कांग्रेस ८९ सीटसहित पहिलो दल बनेको छ भने नेकपा एमाले ७९ सीटसहित दोस्रो स्थानमा रहेका छ ।

नेकपा माओवादीसहित १२ दलले प्रतिनिधिसभामा प्रवेश पाएका छन् । माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीले भने थ्रेसहोल्ड कटाउन नसकेर राष्ट्रिय पार्टीको मान्यता पाएको छैन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया