काठमाण्डौंः कर्णाली प्रदेशसभाका सभामुखको निर्वाचनमा नन्दा गुरुङले २४ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएकी छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खडकबहादुर पोखरेलले १४ मत प्राप्त गरे ।
एमालेकी गुरुङलाई एमालेको १०, नेकपा (माओवादी केन्द्र) को १३, र राप्रपा वा एकीकृत समाजवादीको १ मत प्राप्त भएको छ । ३९ सदस्यीय सभामा ३८ जनाले भाग लिएका थिए। गुरुङ समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य थिइन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया