असार २८, २०८२ शनिबार July 12, 2025

लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखकाे निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः लुम्बिनी प्रदेशको सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका तुलाराम घर्ती र र उपसभामुख राष्ट्रिय प्रजातन्त्र पार्टीकी मेनुका खांण केसी हुने सत्ता साझेदार दलहरूबीच सहमति भइसकेको छ ।

सत्तारुढ दलबाट मुख्यमन्त्री एमालेबाट भएकाले सभामुख माओवादीलाई र उपसभामुख राप्रपालाई दिने सहमति भएको सम्बन्धित दलका नेताहरूले बताएका छन् । सभामुख र उपसभामुख चयनका लागि आज दिउसो उम्मेदवारी दर्ता र भोलि निर्वाचन गर्ने कार्यतालिका छ ।

३ माघमा हुने सभामुख निर्वाचनका लागि माओवादी केन्द्रबाट पाल्पा २ (ख) बाट प्रत्यक्ष निर्वाचित तुलाराम घर्तीलाई पठाउने निर्णय गरेको माओवादीका प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए ।

उपसभामुखका लागि राप्रपाले गुल्मीबाट समानुपातिक सांसद बनेकी मेनुका खाँण केसीलाई उम्मेदार बनाउने निर्णय भएको राप्रपा प्रदेश अध्यक्ष प्रदीप उदयले जानकारी दिए । ८७ सदस्यीय प्रदेश सभामा सत्तारुढ गठबन्धनको समर्थनमा ५८ सांसदहरुको समर्थन रहेको छ ।

एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका चार-चार, जसपा, जनमत र लोसपाका तीन-तीनजना तथा दुई स्वतन्त्र सांसदहरूले सरकारलाई समर्थन गरेका छन् । प्रदेश सभामा २७ सांसद रहेको नेपाली कांग्रेस, एक सांसद रहेको नेकपा एस र जनमोर्चा गरी २९ जना मात्रै विपक्षमा छन् । सत्ता पक्षसँग स्पष्ट बहुमत भएकाले घर्ती र खाँणले जित्ने पक्कापक्की जस्तै छ । नेपाली कांग्रेससँग बहुमत नभएकाले उम्मेदारको टुंगो लगाउन सकेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार