असार २८, २०८२ शनिबार July 12, 2025

मधेस प्रदेश : मुख्यमन्त्री यादवलाई कांग्रेसले पनि विश्वासको मत दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपाली कांग्रेसले समेत विश्वासको मत दिने भएको छ ।

प्रदेशसभाको आजको बैठकबाट नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको जानकारी दिनुभयो ।

“हाम्रो पार्टी संसदीय दलले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ”, यादवले भन्नुभयो, “प्रदेशको विकासका लागि प्रतिपक्षमा बस्ने गरी हामीले मुख्यमन्त्रीलाई विश्वासको मत दिन्छौं ।”

उहाँले कांग्रेसले कहिल्यै पनि सत्तामा जान हतार नगर्ने बताउनुभयो । अहिले बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मतका लागि राखेको प्रस्तावमाथि छलफल भइरहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार