वैशाख २५, २०८१ मंगलबार May 7, 2024

मन्त्रिपरिषद्को बैठक सिंहदरवारमा जारी

मन्त्रिपरिषद् विस्तारपछि पहिलो बैठकमा मन्त्रीहरुलाई प्रधानमन्त्रीको ब्रिफिङ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको मन्त्रिपरिषद्को बैठक सिंहदरवारमा जारी छ । बुधबार मन्त्रिपरिषद् विस्तारपछि पहिलो बैठक बसेको हो । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसिरहेको छ । बैठकमा मन्त्रीहरुलाई प्रधानमन्त्री सम्बोधन गरिहेका छन् ।

मंगलबार मात्रै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेर २३ सदस्यीय बनाएका थिए । मंगलबार सत्ता गठबन्धनको छलफलपछि प्रधानमन्त्री प्रचण्डले १२ मन्त्री र ३ राज्यमन्त्री थपेका थिए । सबैको कार्यविभाजन समेत भइसकेको छ । आजको मन्त्रिपरिषदको बैठकका एजेण्डाबारे केही बताइएको छैन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया