असार २८, २०८२ शनिबार July 12, 2025

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र चीनका राजदूत सोङबीच भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि चीनका नवनियुक्त राजदूत छन् सोङले शिष्टाचार भेट गर्नुभएको छ । चीनको २२ औं राजदूतका रुपमा नेपाल आउनुभएको सोङले बुधबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा पुगेर भेटवार्ता गर्नुभएको हो ।

भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाकालदेखि घनिष्ठ रहेको उल्लेख गर्नुहुँदै पछिल्लो समय थप प्रगाढ, सुमधुर र रचनात्मक बन्दै गएकोमा खुसी लागेको बताउनुभयो ।

‘‘दुई मुलुकले हाम्रो लामो इतिहास बोकेको मित्रवत् सम्बन्ध, सहयोग र सहकार्यलाई ठूलो महत्त्व दिएका छन्,’ उहाँले भन्नुभयो, ‘‘नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध छ । हामी हाम्रो भूभागमा चीनका गहन चासोका विषयहरु तथा मामिलाका विरुद्धमा कुनै पनि गतिविधि हुन नदिन कटिबद्ध छौं ।’’

अध्यक्ष तिमिल्सिनाले मित्रराष्ट्र चीनले हासिल गरेको निरन्तरको प्रगतिप्रति नेपालले प्रशंसा व्यक्त गर्नुहुँदै आएको उल्लेख गर्नुभयो । उहाँले चीन र नेपालबीच भएका उच्चस्तरीय भ्रमण र अन्य अवसरहमा भएका बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई), पारवहनलगायत सम्झौता कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो ।

कोरोना महामारी र बाढी पहिरोका कारण अवरोध भएको नेपाल र चीनको दोहोरो व्यापार सुचारु हुँदा केही सहज भएको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । ‘‘हाल केरुङ र रसुवागढी सीमा नाकामा दोहोरो व्यापार सुचारु हुनुले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाएको छ। हिल्सारपुराङ नाकामा पनि एकातर्फी सुचारू भएको छ,’’ उहाँले भन्नुभयो, ‘‘यसले दुई देशबीचको व्यापार प्रवर्द्बन गर्न एवम् सीमाक्षेत्रका बासिन्दाहरूको जीवनयापनमा सहजता ल्याउने विश्वास छ । अबका दिनमा हामीले तातोपानी र जाङमु द्विपक्षीय व्यापारको रूपमा र अन्य नाकाबाट आयातको व्यवस्था गर्न आवश्यक छ ।’’

त्यसैगरी, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनले नेपालको पर्यटन बजारमा महत्वपूर्ण योगदान पुर्‍याउनेमा अध्यक्ष तिमिल्सिनाले विश्वास व्यक्त गर्नुभयो ।

‘‘नेपाल चीनबीचको व्यापारलाई सन्तुलन गर्न चीन सरकारको सहयोगमा सञ्चालित आयोजनाहरूको कार्यान्वयनमा तीव्रता दिन र महामारीपछिकाे पुनर्निर्माणमा थप विकास सहायता उपलब्ध गराउनेतर्फ प्राथमिकतासाथ दुवै देशले मिलेर अगाडि बढ्नु आवश्यक छ,’’ उहाँले भन्नुभयो, ‘‘यसका लागि महामहिमले महत्त्वपूर्ण भूमिका खेल्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’’

भेटका अवसरमा राजदूत सोङले नेपाल र चीनबीचको सम्बन्ध सांस्कृतिक रुपमा लामो समयदेखि सुमधुर तथा कूटनीतिक रुपमा पनि सबै राजनीतिक परिस्थितिमा समान रहेकोमा खुसी व्यक्त गर्नुभयो ।

उहाँले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन उच्चस्तरीय राजनीतिक भ्रमण, रणनीतिक सञ्जाल निर्माण गर्ने र विभिन्न समयमा भएका बेल्ट एण्ड रोड इनिसियटिभलगायतका सम्झौताको कार्यन्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले दुई देशको सरकार र संसदबीच सहकार्यका लागि आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार