भाद्र ४, २०८३ बिहिबार August 20, 2026

नवनिर्वाचित सभामुख घिमिरेले बिहान ११ बजे शपथ लिने, दिउँसो पदभार सम्हाल्ने

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै लैनचौरमा रहेको सहिद स्तम्भमा माल्र्यापण गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सभामुख देवराज घिमिरेले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

शुक्रबार बिहान ११ बजे शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिने कार्यतालिका छ ।

शपथ लिएलगत्तै उनी लैनचौरमा रहेको सहिद स्तम्भमा माल्र्यापण गर्न जाने भएका छन् । त्यसपछि साढे १२ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेर उनले पदभार सम्हाल्ने कार्यक्रम छ ।

घिमिरे बिहीबारको प्रतिनिधिसभा बैठकबाट बहुमतका आधारमा निर्वाचित भएका थिए । दुई सय ६८ सांसद उपस्थित भएकामा उनले एक सय ६७ मत प्राप्त गरेका थिए । उनको विपक्षमा एक सय मत परेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया