वैशाख २०, २०८१ बिहिबार May 2, 2024

राजनीतिक संरक्षणले प्रहरीलाई नै सकस

कोइरी संसद भित्र खुल्लमखुल्ला हिडेपछि गृहमन्त्री रवि लामिछानेकोसमेत चर्को आलोचना हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः हत्या अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई लिखितपत्र पठाएपछि प्रहरीले आफ्ना संयन्त्रलाई सर्कुलर गरेको छ ।

गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई कोइरीलाई पक्राउ गर्न लिखितरूपमा पत्राचार गरेपछि प्रहरीप्रधान कार्यालयलेसमेत ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई सर्कुलर गरेको हो ।

प्रहरीले कोइरीलाई पक्राउ गर्न यसअघि एक महिने अवधिमा अनौपचारिकरूपमा ७७ वटै जिल्लाका प्रहरी संयन्त्रलाई दुईपटक सर्कुलर गरिसकेको थियो । तर, राजनीतिक संरक्षणका कारण उनी यहीबीच प्रतिनिधिसभामा नै छिर्न सफल भए ।

सांसद कोइरीलाई पक्राउ गर्न पटक पटक सर्कुलर

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राईले गृहको लिखित पत्रपछि देशभरका प्रहरी संयन्त्रलाई कोइरीलाई पक्राउ गर्न सर्कुलर गरिएको जानकारी दिए ।

‘गृह मन्त्रालयबाट लिखितपत्र आएपछि प्रहरीले कोइरीलाई पक्राउ गर्न देशभरका संयन्त्रलाई सर्कुलर गरिसकेको छ, पहिले पनि सर्कुलर गरेका हौं, अहिले पनि सर्कुलर भएको छ, जहाँ भए पनि नियन्त्रणमा लिन्छौं,’ प्रहरी प्रवक्ता राईले राजधानीसँग भने । कोइरी ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित एमाले सांसद हुन् । उनले गत २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको मत दिएपछि गृह नेतृत्व र प्रहरी संयन्त्रमाथि पक्राउ गर्न दबाब बढ्दै आएको छ ।

कोइरी संसद भित्र खुल्लमखुल्ला हिडेपछि गृहमन्त्री रवि लामिछानेकोसमेत चर्को आलोचना हुँदै गर्दा उनले प्रहरी प्रधान कार्यालयलाई मौखिकरूपमै भए पनि निर्देशन दिएका थिए । मौखिक निर्देशन कार्यान्वयन नभएको भन्दै गृहले पुनः प्रहरीलाई लिखित निर्देशन दिँदै कोइरीलाई पक्राउ गर्न भनेको हो । ६ माघमा गृह मन्त्रालयले कोइरीलाई पक्राउ नगरेकोमा विज्ञप्ति नै निकालेर प्रहरी नेतृत्व प्रति असन्तुष्टि पोखेको थियो ।राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कामपा शिक्षा विभागको निर्णयविरुद्ध प्याब्सन र एन प्याब्सनआबद्ध विद्यालयले सर्वोच्चमा दोस्रो रिट दायर गर्ने
२०८१ वैशाख २०, बिहिबार
संसद्का १६ महिना : जम्मा कानुन चार, २५ विधेयक अलपत्र
२०८१ वैशाख २०, बिहिबार
चेन्नईमाथि पञ्जाव ७ विकेटले विजयी
२०८१ वैशाख २०, बिहिबार
आइसिसी टी–२० विश्वकप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा
२०८१ वैशाख २०, बिहिबार
सुशासन ऐन कार्यान्वयनमा चरम बेवास्ता
२०८१ वैशाख २०, बिहिबार
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदै
२०८१ वैशाख २०, बिहिबार
युक्रेनद्वारा एआई-जनित विदेश मन्त्रालयको प्रवक्ता सार्वजनिक
२०८१ वैशाख २०, बिहिबार