असोज १२, २०८३ सोमबार September 28, 2026

गणेश लामाको सम्पत्ति जफतको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाली कांग्रेसका नेताको रुपमा समेत चिनिएका काभ्रेका गणेश लामालाई विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र एक करोड बिगो बराबरको सम्पति जफत गर्ने फैसला सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशहरु द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलाशले बुधबार लामालाई कैद र एक करोड ४० लाख ५० हजार सम्पति बराबरको बिगो जफत् गर्ने फैसला सुनाएको हो .

लामा गत निर्वाचनमा नेपाली काँग्रेसबाट काभ्रे प्रदेशसभा क्षेत्र नम्बर १ को ‘ख’का उम्मेदवार बनेका थिए । विजय गच्छदारको पाटीृमा रहेका उनी गच्छदार कांग्रेसमा पार्टीलाई नै बिलय गराएपछि लामा पनि कांग्रेसमा गएका थिए । कांग्रेसमा जाने वितिक्कै गच्छारको सिफारिसमा उनलाई उम्मेदवार बनाइएको थियो ।

लामाले आपराधिक गतिविधिबाट २७ करोड एक लाख सम्पति जोडेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरेर २०७० साल जेठ ५ गते लामासहित पाँच जना विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई उपलब्ध गराएको थियो । विभागले सोहीअनुसार विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

लामा बाहेक पाल्साङ लामा, रञ्जु लामा, विनोद लामा, राकेश लामा र लक्ष्मी लामालाई अदालतले सफाइ दिएको छ । लामाको नाममा काठमाडौँ, भक्तपुर र ललितपुरमा २०५ रोपनी जग्गासहित रु २७ करोड एक लाख नगद अवैध रहेको उल्लेख गर्दै मुद्दा दायर गरिएको थियो । लामा हाल हातहतियार मुद्दामा डिल्लीबजार कारागारमा छन् । अदालतको निर्णय भएकाले उनकोपार्टीले उनका विषयमा मुख खालेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा
२०८३ असोज १२, सोमबार
वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित
२०८३ असोज १२, सोमबार
सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तरराष्ट्रिय दिवस मनाइँदै
२०८३ असोज १२, सोमबार
एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा
२०८३ असोज १२, सोमबार
शैक्षिक पूर्वाधारमा ठूलो लगानी, अब उपलब्धि देखाउने दबाब
२०८३ असोज १२, सोमबार
कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना
२०८३ असोज १२, सोमबार
जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी
२०८३ असोज १२, सोमबार