भाद्र ३, २०८३ बुधबार August 19, 2026

उपसभामुखलाई थप अधिकार दिने निर्णय

तोकिएको समयभन्दा एक घण्टा ढिलोसम्म बैठक सुरु हुन नसके संसद बैठक स्थगित हुने गरी नयाँ व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले उपसभामुखलाई विगतमा भन्दा थप केही अधिकार दिने र थप सक्रिय बनाउने गरी प्रचलित व्यवस्था बदल्ने निर्णय गरेको छ।

प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम ४ मा ‘सभामुखले प्रत्येक बैठकको प्रारम्भ तथा स्थगनको घोषणा गर्नेछ’ भन्ने उल्लेख छ। यस व्यवस्था अनुसार सभामुख अस्वस्थ भएको अवस्थामा, सभामुख विदेश भ्रमण गएको अवस्थामा वा अन्य कुनै कारणले सभामुख व्यस्त रहेको अवस्थामा सदन सञ्चालन हुन सक्दैन्।

विगतको यही तथ्यलाई ख्याल गरेर ‘काबु बाहिरको स्थिति’मा सभामुखको लिखित अनुमतिमा उपसभामुखले प्रतिनिधिसभाको बैठकको प्रारम्भ र स्थगत गर्ने व्यवस्था राख्ने सहमति जुटेको एमाले सांसल लिलालाथ श्रेष्ठले जानकारी दिए।

साथसाथै, निर्धारित समयभन्दा २ घण्टा ढिलो भए प्रतिनिधिसभाको बैठक स्वतः स्थगित हुने प्रचलित व्यवस्था बदलिने भएको छ। तोकिएको समयभन्दा एक घण्टा ढिलोसम्म बैठक सुरु हुन नसके संसद बैठक स्थगित हुने गरी नयाँ व्यवस्था राखिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा सांसदले छठ पछाडी पिटाई खाने अमरेश सिंहको दाबी
२०८३ भाद्र ३, बुधबार
कर्णालीमा सत्ता गठबन्धन दलबीच मन्त्रालय बाँडफाँटसहित ६ बुँदे सहमति (पूर्णपाठ)
२०८३ भाद्र ३, बुधबार
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
२०८३ भाद्र ३, बुधबार
प्रेस काउन्सिलका चार सदस्यको शपथ
२०८३ भाद्र ३, बुधबार
अदालतको आदेश पछि इमरान खानलाई अदालत सारिदैँ, नौ महिना पछि भेटिन बहिनीले
२०८३ भाद्र ३, बुधबार
स्पेनिश कप्तान रोड्री ४ बर्षका लागि ६५ मिलियनमा बार्सिलोनामा अनुबन्ध
२०८३ भाद्र ३, बुधबार
कार्तिकले खोले होम प्रोडक्सन, कबिर खानसँग काश्मिरी युवतीको संघर्ष देखाउने
२०८३ भाद्र ३, बुधबार