असोज १६, २०८३ शुक्रबार October 2, 2026

उदयपुरमा अर्को एक जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३२ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ३३ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको बताएका छन।

संक्रमण देखिएका उनी उदयपुरमा यसअघि देखिएकाहरुको सम्पर्कमा आएका व्यक्ति हुन्।

योसँगै नेपालमा संक्रमितको आधिकारिक संख्या ३२ पुगेको छ। उदयपुरका थप ८ मा पनि कोरोना भाइरसको संक्रमण आशंका गरिएपछि थप परीक्षणका लागि धरान पठाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया