चैत्र १९, २०७९ आइतबार April 2, 2023

विवेकशील साझाको महाधिवेशन माघ २७ देखि २८ गतेसम्म

माघ २७ देखि २८ गतेसम्म विवेकशील साझा पार्टीको महाधिवेशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विवेकशील साझा पार्टीले आगामी माघ २७ गते महाधिवेशन गर्ने भएको छ। आइतबार पार्टीका तत्कालीन संयोजक मिलन पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीले आगामी माघ २७ देखि २८ गतेसम्म महाधिवेशन गर्न लागेको जानकारी दिएका हुन्।

‘२०६९ सालमा उज्ज्वल थापाले सुरु गर्नुभएको विवेकशील अभियानले लगभग एक दशक पार गरेको छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन्, ‘यो बिन्दुसम्म आइपुग्दा वैकल्पिक राजनीति, सुसंस्कृत राजनीति, गहिरो सुझबुझसहितको राजनीति, नयाँ राजनीतिको आवश्यकता र स्पेस थप स्पष्ट देखिएको छ।’

उनले भनेका छन्, ‘हामी न्यायसहित सहभागितामूलक लोकतन्त्र थप संस्थागत गर्न निरन्तर नेतृत्व गर्नेछौं।

गत एक दशकमा हामीले संस्था निर्माण गर्न यो आन्दोलनलाई स्थापित गर्न गरेको योगदान र मेहनतलाई अर्को चरणमा पुर्‍याउन हामी आउँदो माघ २७ देखि २८ गते महाधिवेशन गर्ने तयारीमा जुटेका छौं।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया