असोज १६, २०८३ शुक्रबार October 2, 2026

थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ४५ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितहरुको संख्या ४५ पुगेको छ।

धरानस्थित प्रतिष्ठानमा पीसीआर परीक्षण गरिएका २४, ६० र ७२ वर्षका तीन पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयको नियमित व्रिफिङका क्रममा बुधबार मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले यसबारे जानकारी दिएका हुन्।

उनीहरुको अहिले धरानमा उपचार भइरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया