वैशाख १५, २०८१ शनिबार April 27, 2024

वामदेव नेतृत्वको राष्ट्रिय एकता अभियानले तीन पार्टीसँग एकताका लागि वार्ता गर्ने

एमाले, एकीकृत समाजवादी र माओवादी पार्टीहरूसँग पार्टी एकीकरण वा वामपन्थी एकताका लागि वार्ता चलाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष बामदेव गौतमले तीन पार्टीसँग सम्मानजनक पार्टी एकता वा वामपन्थी एकताका लागि वार्ता गर्ने भएको छ ।

सो पार्टीको शनिवार बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको अध्यक्ष गौतमले जानकारी दिए । ‘नेकपा एमाले, एकीकृत समाजवादी र माओवादी पार्टीहरूसँग सम्मानजनक पार्टी एकीकरण वा वामपन्थी एकताका लागि वार्ता चलाउने’, बैठकको पहिलो निर्णय छ ।

त्यस्तै सम्मानजनक एकीकरण हुन नसक्ने अवस्थामा वार्ता प्रयत्न बन्द गरी आफ्नो पार्टीलाई सुदृढ गर्न अभियानमा लाग्ने दोस्रो निर्णय छ ।

‘वामपन्थी एकतामा सामेल हुन दृढ प्रयत्न गर्ने तथा स्थायी कमिटी बैठकका निर्णयहरू अनुमोदन र कार्यान्वयनका लागि केन्द्रीय कमिटीको तेस्रो बैठक आगामी फागुन ६, ७, ८ गते सिद्धार्थ कटेज धोबीघाटमा ११ बजे बस्ने’, अध्यक्ष गौतमले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सो पार्टीले बैठक खर्च व्यवस्थपन पार्टी सदस्यले नै व्यहोनुपर्ने जनाएको छ । गौतम नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताका लागि अन्तिम तयारीमा छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ – अध्यक्ष नेपाल
२०८१ वैशाख १५, शनिबार
धरौटी बुझाएपछि रिहा भए दिपेश पुन
२०८१ वैशाख १४, शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
२०८१ वैशाख १४, शुक्रबार
संसद्लाई प्रभावकारी बनाए मात्र सङ्घीयता कार्यान्वयनमा सहजता : सभामुख
२०८१ वैशाख १४, शुक्रबार
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
२०८१ वैशाख १४, शुक्रबार
जिल्ला लिग फुटबलको तेस्रो संस्करण वैशाख–१५ गतेदेखि
२०८१ वैशाख १४, शुक्रबार
निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि
२०८१ वैशाख १४, शुक्रबार