काठमाडौँ । स्वास्थ्य मन्त्रालयले नेपालमा बिहीबार थप दुईजनामा कोरोना संक्रमण भएको जानकारी दिएको छ।
स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिएका हुन्।
उदयपुरकी ५५ वर्षीया महिलामा र जनकपुरका १४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ४७ पुगेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया