असोज १८, २०८३ आइतबार October 4, 2026

कोरोना भाइरसबाट विश्वभर ४९ जना नेपालीको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरस महामारीबाट शनिवार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ४९ पुगेको छ ।

गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ३३, अमेरिका १०, युएई दुई, आयरल्याण्ड एक, जापान एक, टर्कि एक र नेदरल्याण्डमा एक, जनाको ज्यान गएको हो ।

स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर एक हजार नौ सय ८२ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको आँकडा अनुसार २४ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

विदेशमा कोरोना संक्रमण भएका गैरआवासीय नेपाली मध्ये चार सय ३४ जना कोरोना रोगमुक्त भएको समितिले जनाएको छ ।

संक्रमित हुनेमा देशहरुमा अमेरिका एक हजार, युके सात सय, युएई ८१, बहराइन ४९, कुवेत ४२, प्रोर्चुगल २७, आयरल्याण्ड २२, स्पेन १२, अष्ट्रेलिया ११, स्वीजरल्याण्ड पाँच, बेल्जियम ६, साउदी अरब चार, जर्मनी चार, मलेशिया तीन, क्यानाडा तीन, न्युजरल्याण्ड तीन, साईप्रस तीन, जापान दुई, हङकंङ दुई, मल्टा दुई र फ्रान्स एक संक्रमित रहेका छन् ।

समितिले विदेशस्थित बिभिन्न अस्पतालमा कार्यरत तीन दर्जन नेपाली चिकित्सक, नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसँस्थाद्धारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतवार विदेशमा रहेका नेपालीहरुको कोरोना संक्रमणको तथ्यांक संकलन गर्दै आएको छ ।

कोरोना भाइरसको महामारीबाट प्रभावित भएका नेपालीहरुको सहयोगार्थ गैरआवासीय नेपाली संघले आफ्ना शाखाहरुलाई परिचालन गरेको र ४१ देशमा रहेका संघका शाखाहरु मार्फत नौ सय जना स्वयसेवक परिचालन गरेको गैरआवासीय नेपाली संघका महासचिव डा हेमराज शर्माले जानकारी दिएका छन ।

कोरोना संक्रमणपछि विश्वभर करिब ३० हजार गैरआवासीय नेपालीहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राहत प्राप्त गरेको र ७० जना भन्दा धेरै गैर आवासीय नेपाली चिकित्सकहरु समेतले कोरोना संक्रमित भएका देशमा गैरआवासीय नेपालीहरुलाई सघाई रहेको पनि महाचिव शर्माले जानकारी दिएका छन ।

गैर आवासीय नेपाली संघले अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोविड-१९ उच्चस्तरीय समिति गठन गरि राहत र उद्धारका काम अघि बढाएको गैरआवासीय नेपाली संघ, कोडिभ १९, उच्चस्तरी समितिले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे
२०८३ असोज १८, आइतबार
काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
२०८३ असोज १८, आइतबार
घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ
२०८३ असोज १८, आइतबार
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना
२०८३ असोज १८, आइतबार
दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
२०८३ असोज १८, आइतबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु, शीर्ष नेताको जमघट
२०८३ असोज १८, आइतबार
कर्णाली प्रदेशमा मंसिर १६-२७ गतेसम्म दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैं
२०८३ असोज १८, आइतबार