भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

गोसाइँकुण्डको भेटी १ लाख ४१ हजार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धुन्चे । रसुवा जिल्लाको पवित्र धार्मिक स्थल गोसाइँकुण्डमा यस वर्ष पनि भक्तजनहरुको भीड लागेको छ ।

जनैपुर्णिका दिनलागेको विशेष मेलामा मात्रै सातहजार भन्दा बढिले दर्शन गरेकोगोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिनुभयो ।

यस्तैमेलाको अवधि भरमा भक्तजनले चढाएको भेटी नेपाल प्रहरीको रोहवरमा गणना गर्दा एकलाख ४१ हजार ६०० सङ्कलन भएको उहाले जानकारी दिनुभयो ।

सो भेटी गोसाइँकुण्डमहादेवका नामबाट खोलिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिको नाममा दाखिला गरिएकोछ ।

गोसाइँकुण्ड मेला भर्न आएका सबै तीर्थयात्रु आफ्नो गन्तव्यतर्फ फर्किसकेको र कुण्डदेखिधुञ्चेसम्म मेला भर्ने सबै यात्रु गन्तव्यतर्फ गइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार गोसाइँकुण्ड मेला शान्त वातावरणमा सम्पन्न भएको हो । गोसाइँकुण्ड मेलामा लेक लागी जटिल अवस्थामा पुगेका नौजनालाई नेपाली सेनाले उद्धार गरेको थियो ।

मेलामा नेपाली सेनाले लेक लागेका तिर्थयात्रुहरुको उद्धार गरेको थियो भने विभिन्न संद्द संस्थाले स्वास्थ्य सेवा प्रदान गरेका थिए । जिल्ला स्वास्थ्य कार्यालयले पनि स्वास्थ्य जाँचकोव्यवस्था मिलाएको थियो ।

मेला भर्नका लागि नुावकोट, धादिङm काभ्रै, गोर्खा, रौतहटलगायतका जिल्लाबाट तिर्थयात्रुहरु गोसाईकुण्ड आएका थिए । गोसाईकुण्डमा स्नान गर्नाले मनमा चिताएको कुरा पुरा हुने र रोगव्याध समेत हट्ने धार्मिक विश्वास रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
२०८३ भाद्र १९, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
२०८३ भाद्र १९, शुक्रबार
आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला
२०८३ भाद्र १९, शुक्रबार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
२०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र १९, शुक्रबार