धुन्चे । रसुवा जिल्लाको पवित्र धार्मिक स्थल गोसाइँकुण्डमा यस वर्ष पनि भक्तजनहरुको भीड लागेको छ ।
जनैपुर्णिका दिनलागेको विशेष मेलामा मात्रै सातहजार भन्दा बढिले दर्शन गरेकोगोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिनुभयो ।
यस्तैमेलाको अवधि भरमा भक्तजनले चढाएको भेटी नेपाल प्रहरीको रोहवरमा गणना गर्दा एकलाख ४१ हजार ६०० सङ्कलन भएको उहाले जानकारी दिनुभयो ।
सो भेटी गोसाइँकुण्डमहादेवका नामबाट खोलिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिको नाममा दाखिला गरिएकोछ ।
गोसाइँकुण्ड मेला भर्न आएका सबै तीर्थयात्रु आफ्नो गन्तव्यतर्फ फर्किसकेको र कुण्डदेखिधुञ्चेसम्म मेला भर्ने सबै यात्रु गन्तव्यतर्फ गइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार गोसाइँकुण्ड मेला शान्त वातावरणमा सम्पन्न भएको हो । गोसाइँकुण्ड मेलामा लेक लागी जटिल अवस्थामा पुगेका नौजनालाई नेपाली सेनाले उद्धार गरेको थियो ।
मेलामा नेपाली सेनाले लेक लागेका तिर्थयात्रुहरुको उद्धार गरेको थियो भने विभिन्न संद्द संस्थाले स्वास्थ्य सेवा प्रदान गरेका थिए । जिल्ला स्वास्थ्य कार्यालयले पनि स्वास्थ्य जाँचकोव्यवस्था मिलाएको थियो ।
मेला भर्नका लागि नुावकोट, धादिङm काभ्रै, गोर्खा, रौतहटलगायतका जिल्लाबाट तिर्थयात्रुहरु गोसाईकुण्ड आएका थिए । गोसाईकुण्डमा स्नान गर्नाले मनमा चिताएको कुरा पुरा हुने र रोगव्याध समेत हट्ने धार्मिक विश्वास रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया