बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

नेविसंघका नेता काफ्लेद्वारा विवाह खर्चको रकम कोरोना राहत कोषमा जम्मा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री कुन्दनराज काफ्लेले आफ्नो विवाह खर्च वाफतको रकम ‘कोभिड—१९, प्रधानमन्त्री राहत कोष’ मा जम्मा गरेका छन् ।

सोमबार स्वास्थ्य मन्त्रालय पुगेर पूर्वमहामन्त्री काफ्लेले आफ्नो विवाह खर्च कटाएर ‘कोभिड—१९, प्रधानमन्त्री राहत कोष’ मा रकम जम्मा गरेका हुन् ।

पूर्व महामन्त्री काफ्लेले कोषमा २ लाख रुपैयाँ जम्मा गरेका छन् । विवाह बन्धनमा बाँधिएपछि विवाह खर्चबाट केही रकम राहत कोषमा जम्मा गरिएको उनले बताएका छन । सोमबार स्वास्थ्यमन्त्रालय पुगेर रकम स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरिएको उनले बताएका छन ।

विश्वमहामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) को प्रभाव नेपालमा पनि छ । प्रधानमन्त्री केपी शर्मा ओली लगायत विभिन्न दलका सांसदहरुले राहत कोषमा रकम जम्मा गरेका छन् ।

नीजि क्षेत्रका व्यवसायी र अन्य नागरिकहरुले पनि व्यक्तिगत रुपमा कोषमा सहयोग रकम जम्मा गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म ५२ जनामा संक्रमण देखिएको छ ।

१६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । १ सय १० जना आइसोलेसनमा रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
‘उभौली पर्वले हामी सबैलाई संविधानको रक्षा र संरक्षण गर्न प्रेरणा मिलोस्’ : अध्यक्ष नारायण दाहाल
२०८३ बैसाख १८, शुक्रबार