मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

हाम्रो मातृभूमिको आयोजनामा निःशुल्क स्वास्थ शिविर सम्पन्न

महाशिवरात्रीमा मातृभूमिका लागि नेपाली संस्थाको स्वास्थ्य शिविर सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः हाम्रो मातृभूमिका लागि नेपाली संस्थाले महाशिवरात्रीको अवसरमा आयोजना गरेको निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ। स्तुपा सामुदायिक अस्पतालको सह–प्रायोजनमा शनिबार पशुपतिको उमाशंकर परिसरमा  निःशुल्क स्वास्थ शिविरसञ्चालन गरिएको हो ।

स्वास्थ्य शिविरमा २१० जनाले आफ्नो स्वास्थ परिक्षण गराएका थिए । उक्त शिविरमा सुगर ,ब्लड प्रेसर लगायत अन्य जाँच गर्नुका साथै  बेहोश भएर ढलेका २ दर्शनार्थीको पनि आकस्मिक उपचार गरिएको थियो । आवश्यक औँषधीहरुको वितरण गर्नुका साथै सबैलाई मास्क पनि वितरण गरिएको थियो।

स्वास्थ शिविर सञ्चालनको निम्ति हाम्रो मातृभूमिकालागि नेपाली संस्थालाई सनम गौतमले बि.पि सेट २ थान र ग्लुको मिटर १ थान ,हरिप्रसाद ढकालले ग्लुको मिटर १ थान, मृदुला शर्मा र ज्योती न्यौपानेले आवश्यक सिटामोल ,जीवन जल र सिट्रोजन र मनिता थापालेआवश्यक मास्क उपलब्ध गराएका थिए ।

उक्त कार्यक्रममा स्वास्थ्यकर्मीहरु हाम्रो मातृभूमिकालागी नेपालीको तर्फबात  डा. दिपांकर पाठक, डा. अनुज बन्जारा, स्टाफ नर्स यमुना श्रेष्ठ थिए  भने स्तुपा सामुदायिकअस्पतालको तर्फबाट स्टाफ नर्सहरु निशा भारती, एलिजा श्रेष्ठ, रोजीना घिसिङ ,प्रतिमा काफ्ले र संजीता बानियाँले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।
स्वास्थ्य शिविरको लागि आवश्यक सामाग्रीहरुको व्यवस्थापन रुपा पौडेल र सुन्दर मिजारले गरेका थिए ।

हाम्रो मातृभूमिकालागि नेपाली संस्थाको  तर्फबाट व्यवस्थापन समिती र संस्थाका बरिष्ठ उपाध्यक्ष श्रीराम श्रेष्ठको र महासचिव गणेश बन्जाराको प्रमूख भुमिका रहेको सो कार्यक्रममा उपाध्यक्ष नर्रोत्तम श्रेष्ठ ,सचिव गीता सेढाई , केन्द्रिय सदस्यहरु कल्पना मेगाले मगर, संन्जय पुडासैनी ,सदस्यहरु राजेंद्र राना मगर,इन्दिरा बन्जारा आदिको उपस्थिति रहेको थियो ।

कार्यक्रमका संयोजक हाम्रो मातृभूमिकालागी नेपालीको सदस्य  डा. दिपांकर पाठकको  संयोजकत्वमा सदस्यहरु मृदुला शर्मा, अक्षता (अन्जना प्रधान), दिपेश के.सी ,दिपक सिंह महर्जन ,ज्योती न्यौपाने , सुन्दर मिजार,रुपा पौडेल र निला ठकुरी लगायतको नौं (९) सदस्यीय  व्यवस्थापन समिति गठन गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया