मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

डायलासिसका लागि पालो कुर्दाकुर्दै ज्यान गुमाउन्छन् मिर्गौला पीडित

डायलासिसका लागि पालो कुर्नेहरू धर्मभक्त प्रत्यारोपण केन्द्रमा मात्र नभई देशभरका स्वास्थ्य संस्थामा अवस्था यस्तै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला फेल भएका पाँच सय बिरामी डायलासिस गर्न पालो कुरेर बस्छन् । केन्द्रको क्षमताले दैनिक २५० जना बिरामीको मात्रै डायलासिस गर्न सक्छ । पालो नपाउनेहरू घर फर्किनुबाहेक उपाय रहँदैन ।

केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले ४५ वटा डायलासिस मेसिनबाट तीन सेसन गरेर डायलासिस भइरहेको जानकारी दिँदै भने, “सबैलाई डायलासिस सेवा उपलब्ध गराउनु परेमा ५० वटा मेसिन थप्नुपर्ने हुन्छ । त्यति थप्दा जनशक्ति पनि थप्नुपर्छ ।”

डायलासिसका लागि पालो कुर्नेहरू धर्मभक्त प्रत्यारोपण केन्द्रमा मात्र नभई देशभरका स्वास्थ्य संस्थामा अवस्था यस्तै छ । मुलुकभरमा सूचीकृत ५० वटा सरकारी र २९ वटा निजी, सामुदायिक तथा शिक्षण अस्पतालमा डायलासिस हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सामाजिक स्वास्थ्य सुरक्षा शाखाका प्रमुख डा खगेश्वर गेलालले सरकारी अस्पतालमा २८० र निजी अस्पतालमा ४३३ गरी ७१३ वटा डायलासिस मेसिन सञ्चालनमा रहेको जानकारी दिए ।

वीर अस्पतालका प्रवक्ता सागर मिश्रले सो अस्पतालमा २० वटा डायलासिस मेसिन सञ्चालनमा रहेको जानकारी दिए । सो अस्पतालमा तीबाहेक आकस्मिक वार्डमा एक र आईसीयूमा एक मेसिन सञ्चालनमा छ । अस्पतालले दैनिक १२५ जनालाई सेवा उपलब्ध गराउँदै आएको छ । केन्द्र रहेको स्थान अत्यन्त सानो भएकोले थप सेवा विस्तार गर्न कठिन रहेको डा श्रेष्ठको भनाइ छ । उनले अन्य स्थानमा केन्द्रलाई विस्तार नगर्ने हो भने थप बिरामीलाई सेवा दिन सहज नहुने जानकारी दिए ।

पछिल्लो समयमा मिर्गौलाका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । खानपिनलगायतका कारण यस्ता बिरामीको सङ्ख्या निराशाजनक रूपमा बढ्दै गएको भनाइ चिकित्सकको छ ।

सामाजिक स्वास्थ्य सुरक्षा शाखा प्रमुख डा गेलालले जटिल आठ रोगमध्ये मिर्गौलासम्बन्धी समस्या भएका बिरामी बढी रहने गरेको जानकारी दिए । जटिल रोगको उपचार गर्न सूचीकृत ११२ स्वास्थ्य संस्थामध्ये ७९ वटा स्वास्थ्य संस्थाले मात्र मिर्गौलाको डायलासिसका लागि सूचीकृत छन् । उनका अनुसार सूचीकृत हुनका लागि निवेदन दिने संस्थाको सङ्ख्या पनि निकै बढेको आजको गोरखापत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया