असार २३, २०८२ सोमबार July 7, 2025

ओस्कार अवार्डको निमय कोरोना भाइरसका कारण परिवर्तन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण प्रतिष्ठित एकेडेमी अर्थात ओस्कार अवार्डले आफ्नो नियम परिवर्तन गरेको छ । कोरोना भाइरसको संक्रमणको गम्भीरतालाई मध्यनजर गरी नियम केही खुकुलो बनाउने निर्णय भएको एकेडेमीले जनाएको हो ।

ओस्कार अवार्ड आयोजक संस्थाको हालको नियम अनुसार कुनै अवार्डमा मनोनयनमा पर्नका लागि कुनै पनि चलचित्र लस एन्जलसको चलचित्र घरमा कम्तिमा एक हप्ता प्रदर्शन भएको हुनु पर्छ । तर अब स्ट्रिमिङ्ग प्लाट्फर्ममा मात्रै रिलिज भएका चलचित्र पनि मनोनयनमा समावेश हुन पाउने छन् ।

एकेडेमीका अध्यक्ष डेविड रुबिन तथा सिइओ डन ह्यूड्सनले मंगलबार वक्तव्य जारी गरेर कोरोना भाइरसको महामारीका कारण नियम परिवर्तन गर्न बाध्य भएको उल्लेख गरेका हुन् । तर यो परिवर्तन अस्थायी रहेको उनीहरुले स्पष्ट पारेका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण अधिकांश चलचित्रको छायाँकन तथा प्रदर्शन रोकिएको छ । संक्रमणका कारण प्रदर्शन रोकिनेमा जेम्स बण्डको नयाँ चलचित्र पनि हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार