भाद्र ४, २०८३ बिहिबार August 20, 2026

पासपोर्ट वितरणलाई सहज बनाउन कांग्रेस सांसद खतिवडाको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पासपोर्ट वितरणलाई सहज र सर्वसुलभ बनाउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले पासपोर्ट लिन र राष्ट्रिय परिचयपत्र बनाउनका लागि रातिदेखि सडकमा लाइन बस्नुपर्ने, लाखौं रुपैयाँ खर्च गर्नुपर्ने अवस्थाको अन्त्य गर्न माग गरे ।

‘हामीले वितरण गरिरहेको पासपोर्ट करिब १४०० मा बन्ने रहेछ । तर त्यही पासपोर्ट सरकारले एउटा गरिब किसानको छोरालाई २० हजार रुपैयाँसम्म लिएर बेचिरहेको छ,’ सांसद खतिवडाले भने, ‘राज्यले नै गरिब जनतालाई ठगेर यति धेरै पैसा कमाउने नीति कहिले अन्त्य गर्ने ? अनि त्यति पैसा तिरेपछि पनि सजिलो गरी पासपोर्ट पाउने अवस्था किन नबनाउने ?’

उनले पासपोर्ट लिनकै लागि दुर्गमका नागरिकले लाखौं रुपैयाँ खर्च गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध’ – मुख्यमन्त्री यादव
२०८३ भाद्र ४, बिहिबार
राजकुमार ह्यारीकाे परिवार अमेरिकावाट बेलायत फर्कदै
२०८३ भाद्र ४, बिहिबार
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा
२०८३ भाद्र ४, बिहिबार
अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो
२०८३ भाद्र ४, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट
२०८३ भाद्र ४, बिहिबार
प्योङयाङद्वारा छोटो दूरीका केही ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण
२०८३ भाद्र ४, बिहिबार
चुनाव जितेर संसद् छिर्दैमा ‘जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा
२०८३ भाद्र ४, बिहिबार