भाद्र ४, २०८३ बिहिबार August 20, 2026

राजकुमार ह्यारीकाे परिवार अमेरिकावाट बेलायत फर्कदै

राजकुमार ह्यारी र मेगनको आधिकारिक हैसियतमा कुनै परिवर्तन हुने अपेक्षा गरिएको छैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । बेलायती राजकुमारको जोडी अमेरिका छाडेर स्वदेश फर्कने भएका छन् ।

डेली टेलिग्राफ र द सनले पहिलो पटक रिपोर्ट गरे अनुसार राजकुमार ह्यारी र मेगन यसै महिनाको अन्त्यतिर अमेरिकाबाट लन्डनबाहिर रहेको एउटा निजी घरमा सर्ने तयारीमा छन्।

उनीहरूका छोराछोरी ७ वर्षीय राजकुमार आर्ची र ५ ​​वर्षीया राजकुमारी लिलिबेट सेप्टेम्बरमा बेलायती विद्यालयमा भर्ना भई पढाइ सुरु गर्ने तयारीमा रहेको पनि समाचारमा जनाइएको छ।

आइतबार राजा चार्ल्सलाई यस बसाइँ सराइको योजनाबारे जानकारी गराइएको थियो। राजकुमार ह्यारी वा मेगन कसैले पनि सक्रिय राजपरिवारका सदस्यका रूपमा आफ्नो भूमिका पुनः सुरु गर्ने कुनै योजना भने हाल रहेको जनाएका छैनन् ।

ह्यारी र मेगन आश्चर्यजनक निर्णयहरू लिन माहिर छन र के उनीहरूको बेलायत फिर्ती सधैँका लागि हो ? ससेक्स दम्पती र उनीहरूका छोराछोरीले यस वर्षको जुलाईमा हाइग्रोभस्थित राजाको निवासमा भेटघाट गरेका थिए तर बुझिए अनुसार त्यसबेला भने बसाइँसराइबारे कुनै छलफल भएको थिएन।

बीबीसीका अनुसार गत साताको अन्त्यअघि राजालाई यस बसाइँ सराइबारे जानकारी थिएन तर उहाँ ससेक्स परिवारसँग निजी र व्यक्तिगत रूपमा अझ बढी भेटघाट गर्ने अवसरलाई स्वागत भने गरेका छन् ।

राजकुमार ह्यारी र मेगनको आधिकारिक हैसियतमा कुनै परिवर्तन हुने अपेक्षा गरिएको छैन र उनीहरू निजी व्यक्तिकै रूपमा रहने छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध’ – मुख्यमन्त्री यादव
२०८३ भाद्र ४, बिहिबार
राजकुमार ह्यारीकाे परिवार अमेरिकावाट बेलायत फर्कदै
२०८३ भाद्र ४, बिहिबार
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा
२०८३ भाद्र ४, बिहिबार
अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो
२०८३ भाद्र ४, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट
२०८३ भाद्र ४, बिहिबार
प्योङयाङद्वारा छोटो दूरीका केही ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण
२०८३ भाद्र ४, बिहिबार
चुनाव जितेर संसद् छिर्दैमा ‘जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा
२०८३ भाद्र ४, बिहिबार