भाद्र ४, २०८३ बिहिबार August 20, 2026

‘नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध’ – मुख्यमन्त्री यादव

दुई देशबीचको सम्बन्ध केवल सरकारस्तरमा सीमित नभई जनस्तरमा समेत गहिरो रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम, ४ भदौः मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाल–भारतबीच सदियौँदेखि कायम रहेको धार्मिक, सांस्कृतिक, सामाजिक तथा आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउन मधेस प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

भारतको स्वतन्त्रता दिवसका अवसरमा सामाजिक विकास तथा अनुसन्धान केन्द्रद्वारा जनकपुरधाममा आज आयोजित ‘नेपाल–भारत सम्बन्धको वर्तमान अवस्था’ विषयक विचार गोष्ठीमा मुख्यमन्त्री यादवले दुई देशबीचको सम्बन्ध केवल सरकारस्तरमा सीमित नभई जनस्तरमा समेत गहिरो रहेको बताउनुभयो । नेपाल र भारतबीच धार्मिक, भाषिक, सांस्कृतिक तथा व्यापारिक सम्बन्ध रहेको र यसलाई अझ मजबुत बनाउन निरन्तर सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री यादवले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन सीमावर्ती क्षेत्रमा पूर्वाधार विकास, व्यापार, शिक्षा, स्वास्थ्य तथा पर्यटनका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । मधेस प्रदेश भारतसँग प्रत्यक्ष सीमा जोडिएको प्रदेश भएकाले दुई देशबीचको आर्थिक तथा सामाजिक सम्बन्ध विस्तारमा प्रदेशको महत्वपूर्ण भूमिका रहेको उहाँले उल्लेख गर्नुभयो । मधेस प्रदेशको समृद्धि र विकासका लागि भारत सरकार तथा भारतीय निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने मुख्यमन्त्री यादवले बताउनुभयो । कृषि, उद्योग, व्यापार तथा पूर्वाधारका क्षेत्रमा लगानी बढाउन सके यस क्षेत्रको आर्थिक गतिविधि थप चलायमान हुने उहाँको धारणा थियो ।

मुख्यमन्त्री यादवले जनकपुरधामलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न नेपाल र भारतबीचको साझा धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई उपयोग गर्नुपर्ने बताउनुभयो । जनकपुरधाम र भारतका विभिन्न धार्मिक तथा सांस्कृतिक क्षेत्रबीचको सम्बन्धलाई पर्यटनसँग जोडेर दुवै देशका नागरिकबीचको आवागमन र सम्पर्क बढाउन सकिने उहाँले उल्लेख गर्नुभयो । जनकपुरधाममा भारतसँगको सांस्कृतिक सहकार्यमा विभिन्न कार्यक्रम हुँदै आएका छन् ।

त्यसैगरी, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पनि दुई देशबीच सहकार्य विस्तार गर्नुपर्नेमा मुख्यमन्त्री यादवले जोड दिनुभयो । मधेस प्रदेशमा स्वास्थ्य शिक्षाको विकासका लागि आवश्यक पूर्वाधार निर्माण, दक्ष जनशक्ति उत्पादन र प्रविधिको विस्तारमा भारतलगायत विकास साझेदारको सहयोग उपयोगी हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा वीरगञ्जस्थित भारतीय वाणिज्य दूतावासका प्रमुख देवीसहाय मिनाले नेपाल–भारत सम्बन्धलाई पारस्परिक सम्मान, समानता र सहकार्यका आधारमा थप मजबुत बनाउन भारत सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले नेपालको भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ क्षेत्रको विकासमा निरन्तर भारत सरकारको सहयोग रहने बताउँदै नेपालको विकास र समृद्धिमा भारत सरकारको साथ रहने बताउनुभयो । कार्यक्रममा पूर्वमन्त्रीद्वय रामचन्द्र झा र डा सुरेन्द्र यादव, मधेस प्रदेश नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा भोगेन्द्र झालगायतले सीमावर्ती क्षेत्रका नागरिकका साझा समस्या समाधान, व्यापार तथा आवागमन सहजता, शिक्षा, स्वास्थ्य, पर्यटन र सांस्कृतिक आदानप्रदानलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजीवी, राजनीतिकर्मी, सामाजिक अभियन्ता तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध’ – मुख्यमन्त्री यादव
२०८३ भाद्र ४, बिहिबार
राजकुमार ह्यारीकाे परिवार अमेरिकावाट बेलायत फर्कदै
२०८३ भाद्र ४, बिहिबार
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा
२०८३ भाद्र ४, बिहिबार
अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो
२०८३ भाद्र ४, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट
२०८३ भाद्र ४, बिहिबार
प्योङयाङद्वारा छोटो दूरीका केही ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण
२०८३ भाद्र ४, बिहिबार
चुनाव जितेर संसद् छिर्दैमा ‘जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा
२०८३ भाद्र ४, बिहिबार