भाद्र ४, २०८३ बिहिबार August 20, 2026

गणपुरक सङ्ख्या नपुग्दा प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधिसभाको अर्को बैठक फागुन १५ गते दिउँसो १ बजे बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रतिनिधिसभाको आजको बैठक गणपुरक सङ्ख्या नपुगेका कारण आगामी फागुन १५ गते सम्मका लागि स्थगित भएको छ ।

बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्रतिनिधिसभालाई प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथी विचार गरियोस्’ भन्ने प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्न लाग्दा नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति जनाउनुभएको थियो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

उक्त प्रस्ताव माथि बैठकमा सैद्धान्तिक छलफल भई छलफलमा उठेका प्रश्नका प्रधानमन्त्रीको तर्फबाट सञ्चारमन्त्री शर्माले जवाफ दिनुभएको थियो ।

उक्त नियमापत्ति पछि सभामुख घिमिरेले ३ मिनेट घण्टि बजाई सचिवालयका कर्मचारीलाई सांसदको सङ्ख्या यकिन गर्न निर्देशन दिनुभएको थियो ।

संविधानको धारा ९४ अनुसार कुनै पनि प्रश्न वा प्रस्तावलाई संसद्को बैठकमा निर्णयार्थ प्रस्तुत गर्दा तत्काल कायम रहेको सांसदको सङ्ख्या एक चौथाई उपस्थिति हुनुपर्ने व्यवस्था रहेको छ ।

जसअनुसार कम्तिमा पनि ६९ जना सांसदको उपस्थिति हुनुपर्नेमा तीन मिनेट जनाउ घण्टी बजाएपछि पनि जम्मा ५० सांसदको मात्र उपस्थिति रहेको पाइएको थियो । प्रतिनिधिसभाको अर्को बैठक फागुन १५ गते दिउँसो १ बजे बस्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध’ – मुख्यमन्त्री यादव
२०८३ भाद्र ४, बिहिबार
राजकुमार ह्यारीकाे परिवार अमेरिकावाट बेलायत फर्कदै
२०८३ भाद्र ४, बिहिबार
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा
२०८३ भाद्र ४, बिहिबार
अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो
२०८३ भाद्र ४, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट
२०८३ भाद्र ४, बिहिबार
प्योङयाङद्वारा छोटो दूरीका केही ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण
२०८३ भाद्र ४, बिहिबार
चुनाव जितेर संसद् छिर्दैमा ‘जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा
२०८३ भाद्र ४, बिहिबार