असोज १८, २०८३ आइतबार October 4, 2026

३५ दिनदेखि धार्चुलामा रोकिएका नेपाली स्वदेश फर्किँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

धनगढी । एक महिनादेखि भारत पिथौरागढस्थित धार्चुलाका क्वारेन्टाइनमा रहेका नेपाली मजदुरको उद्धार आज भइरहेको छ।

क्वारेन्टाइन अवधि सकिएपनि उद्धार हुन नसकेका नेपालीहरु ल्याउने विषयमा बुधबार दिउँसो बसेको जिल्लास्थित सरोकारवालाको बैठकले बिहीबार बिहान उद्धार गरिने निर्णय गरेको थियो ।

सीमामा रोकिएका नेपाली ल्याउने विषयमा पटक–पटक छलफल भएपनि एकसातादेखि मिति पक्कापक्की भएको थिएन । बुधबार बैतडी, दार्चुला र पिथौरागढका जिल्ला अधिकारीबीच उच्चस्तरीय सहमतिपछि उद्धार सुरु गरिएको हो। उनीहरुलाई आज बिहान देखि उद्धार शुरु गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिएका छन।

गत चैत १३ गतेदेखि भारत पिथौरागढका धार्चुलाका पाँच क्वारेन्टाइनमा एक हजार बढि नेपाली एक महिनादेखि बसिरहेका छन्। उनीहरुलाई नेपाल ल्याउनकै लागि भन्दै बैतडी र बझाङका प्रतिनिधि तीन दिन देखि दार्चुला पुगेका छन्। दार्चुलामा क्वारेन्टाइनको तयारी अवस्थामा राखिएका छन्।

उद्धारपछि उनीहरुलाई सम्बन्धित स्थानीय तहमा पठाउन यातायात व्यवसायीलाई तयारी अवस्थामा रहन खबर आएको यातायात व्यवसायीले बताएका छन् ।

धार्चुलामा रहेका नेपालीलाई दुई वटा नाकाबाट ल्याईदैछ। धार्चुलामा १० जिल्ला नागरिक बसेका छन्। बैतडी, बझांगका नागरिकलाई दत्तु नाका भएर प्रवेश गराइने छ भने दार्चुला लगायत अन्य जिल्लाकालाई खलंगा नाका भएर प्रवेश दिइने प्रजिज पौडेलले बताएका छन।

उनीहरुलाई सीमा क्षेत्रमा चेकजाँच पछि प्रवेश दिइने, उनीहरुको नाम ठेगाना सम्पर्क नम्बर राख्ने र सम्बन्धित स्थानीय तहका क्वारेन्टाइनमा राख्ने गरी पठाउने रणनीति बनाइएको छ। बैतडी र बझांगकालाई आजै पठाइने छ ।

सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिको रहोबरमा उनीहरुलाई पठाईने बताइएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले उनीहरुलाई मास्क वितरण गर्ने प्रजिज पौडेलले बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्यदेखि नयाँ संविधानसम्मको प्रस्ताव
२०८३ असोज १८, आइतबार
कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे
२०८३ असोज १८, आइतबार
काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
२०८३ असोज १८, आइतबार
घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ
२०८३ असोज १८, आइतबार
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना
२०८३ असोज १८, आइतबार
दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
२०८३ असोज १८, आइतबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु, शीर्ष नेताको जमघट
२०८३ असोज १८, आइतबार